मुक्तिनाथ विकास बैंकको आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा ।

मुक्तिनाथ विकास बैंकको आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा उपलब्ध गराउने भएको छ ।
बैंकले आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ गर्न वा सोही प्रयोजनका लागि घडेरी खरीद गर्नका लागि आवश्यकता अनुसारको आवास कर्जा प्रदान गर्नका लागि ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस नगद फिर्ता ’ भन्ने मुल नाराका साथ आवास कर्जा सञ्चालनमा ल्याएको हो ।
आवास कर्जा आकर्षक ब्याजदरमा २० बर्षको लागि लिन सकिनेछ । यसका साथै, बैंकले पुँजी बजारमा लगानी गर्नका लागि सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा पनि सञ्चालन गरेको छ । यो कर्जा, धितो राखेको सेयरको ६५% सम्मको कर्जा १ वर्षका लागि लिन सकिनेछ ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


