विकटलाई निकट बनाउँदैछौ : मन्त्री रामशरण बस्नेत ।

आँधीखोला खवर/फेदीखोला :
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले विकटलाई निकट बनाउन आफुहरु लागि परेको बताउनु भएको छ । उहाँले भन्नुभयो, “प्रदेश सरकार सडक पुलपुलेसा मार्फत दुरदराजका ठाउँहरुलाई सुगम बनाउने प्रयासमा छ” । स्याङ्जाको फेदीखोलामा निर्माण हुन लागको बहुउद्देश्यीय सभाहलको शिलन्यास गर्दै मन्त्री बस्नेतले विकटमा रहेका अथाह श्रोत साधनको प्रयोगमा प्रदेश सरकारले विशेष ध्यान दिएको जानकारी दिनुभयो ।

सडकहरुलार्ई कालोपत्रे बनाउन विशेष योजना ल्याएको बताउदै मन्त्री बस्नेतले भन्नुभयो, “ विद्युत वितरणमा प्रयोग भएका सबै काठेपोल छिट्टै स्टिल पोलले प्रतिस्थापन गर्दैछौं ।” मन्त्री बस्नेतले आर्थिक बर्ष शुरुसँगै काम पनि शुरु हुनु सुन्दर पक्ष भएको धारणा राख्नुभयो ।
१ करोड ३१ लाखको लागतमा निर्माण हुन लागेको बहुउद्देश्यीय सभाहलको लागि प्रदेश सरकारको ६० प्रतिशत र गाँउपालिकाको ४० प्रतिशत लगानी रहने फेदीखोला गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश सांसद मिन प्रसाद गुरुङ,शहरी विकास कार्यालय पोखराका डिई सचिन्द्र यादव, नेकपाका गाँउकमिटि अध्यक्ष खड्ग रानाभाट, नेपाली कांग्रेसका गाँउ सभापति महेन्द्र थापा लगायतले बोलेका थिए । गाँउपालिका उपाध्यक्ष देवी थापाको स्वागत रहेको कार्यक्रम गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीको सभापतित्व र लेखा अधिकृत टिकाराम सुवेदीको सञ्चानलमा सम्पन्न भएको थियो ।
यसैवीच मन्त्री बस्नेतले फेदिखोला स्थानचौर सडकको सेतीखोला पुल निर्माण कार्यको निरिक्षण गर्नु भएको छ । त्यस्तै फेदिखोला मिरुडाँडा कालाभैरब सडक र कुभिण्डे नुवाकोट सडकको पनि निरक्षण गर्दै प्रगतीको बारेमा जानकारी लिनुभएको मन्त्री बस्नेतका निजी सचिवलायका प्रमुख डोलराज पराजुलीले जानकारी दिनुभयो ।




समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…