नाम मात्रका सहकारी संस्थाहरु मर्जरमा जानैपर्छ- मन्त्री अर्याल ।

आँधीखोला खवर/काठमाण्डौं :
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले काम नगर्ने नाम मात्रका सहकारी संस्थाहरु मर्जरमा जानुपर्ने बताउनु भएको छ ।

सहकारी विभागले बिहीबार सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा गरेको सहकारीमा एकीकरण विषयक छलफललाई सम्बोधन गर्दै मन्त्री अर्यालले नाममात्रका सहकारी मर्जरमा जानुको विकल्प नरहेको बताउनु भएको हो ।
संस्था धेरै दर्ता हुदैमा संस्थाको औचित्य पुष्टि नहुने भन्दै उहाँले दर्ता गरेर छोडिदिने र वर्षमा एकपटक साधारणसभा गर्ने सहकारीलाई मर्जरमा जान निर्देशन गरिने बताउनु भयो । सहकारीलाई उत्पादनमा जोडि बजारीकरणको व्यवस्था गरिनुपर्ने उल्लेख गर्दे उहाँले हैसियत नभएका सहकारी संस्थाहरु क्षमतावान र हैसियत भएकासँग मर्जरमा जानुपर्ने स्पष्ट पार्नु भयो । संख्या गनेर र औँला भाँचेर मात्रै सहकारीको विकास र प्रवद्र्धन हुन नसक्ने भएकाले उत्पादनमुखी बनाउनका लागि मर्जर अत्यावश्यक रहेको मन्त्री अर्यालको भनाई छ ।
सरकारले यसअघि स्वायत्त रहेका सहकारी संस्थाहरुलाई विभिन्न ऐन मार्फत राष्ट्र बैंकको अनुगमनको दायराभित्र ल्याउने प्रयास गरिरहेको छ । यसले सहकारीमा मौलाउँदै गएको वेथिति अन्त्य हुने विश्वास गरिएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…