जनताको नासो माथी खेलबाड रोकौँ : मन्त्री अर्याल
सुशील सुबेदी /स्याङजा :
नेपाल सरकार भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले जनतालाई अफबाह फैलाउँदै कुनै पनि घटनालाई राजनैतिक झण्डा बोकाउने पछिल्लो संकेत गलत भएको बताउनुभएको छ ।

मन्त्री आर्यालले भन्नुभयो , ‘एउटा घटना घटेयो भने सरकार बिरुद्ध मसला बनाउने र जनतालाई सरकार प्रति वितृष्णा फैलाउँने प्रबृतीले देशमा ठुलो दुर्घटना निम्तिन सक्छ । ” गणतन्त्र जनताको नासो हो राजनैतिक स्वार्थका लागि जनताको नासोमाथी खेलबाड गर्ने काम नगरौँ । ’
गल्याङ नगरपालिका वडा नं ६ वडा कमिटीले आयोजना गरेको नेपाल कम्युनिष्ट पाट्री जिल्ला ईन्चार्ज तथा भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालसँगको भेटघाट कार्यक्रममा बोल्दै गाउँ गाउँमा अनुभूती गर्न पाउने गरि परिबर्तनको दिशामा सरकार गएको बताउनुभयो ।
सोही कार्यक्रममा सांसद मुक्ती प्रशाद पाठक , जिल्ला समन्वय समितीका उप—प्रमुख दिलीप कुमार बगाले , नेकपा जिल्ला अध्यक्ष पारस गैह्रे , नेकपा वालिङ नगर कमिटी अक्ष्यक्ष राजेन्द« डुम्रे र टिकाराम भुषाल लगाएतले मन्तब्य राख्नुभएको थियो ।
वडा कमिटी अध्यक्ष एक नारायण तिवारीको अध्यक्षताका आयोजना गरिएको कार्यक्रमको संचालन वडा कमिटी सचिब सुरेश सुबेदीले गर्नुभएको थियो भने स्वागत नारायण चापगाईले गर्नुभएको थियो ।
फरक प्रसंङ्गमा बोल्दै मन्त्री अर्यालले गाउँ बाट शहर केन्दि«त होईन सामुहिक कृषी प्रणाली गर्न शहरबाट गाउँमा फर्किने निती सरकारले अघी सारेको बताउनुभयो । मन्त्री आर्यलले भन्नुभयो , ‘एकिकृत बस्ती बिकाश गर्दै डाँडा काँडामा भएका बाँझो जमिनमा ठुलो संख्यामा माटो सुहाउँदो तरकारी फलफुल खेती पशु पंक्षी पालन गर्ने समुहलाई सरकारले के सहयोग गर्नुपर्ने हो , सरकार तयार छ । ’
अब पैसा कमाउन बिदेशमा पसिना बगाउने , शहर पस्ने होईन आफ्नै जन्मभुमी लाई कर्मभुमी बनाउँदै पैसा आर्जन गर्न सरकारले अघी सारेका कार्यक्रम जनताले व्यवहारा उतार्न पर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका नेकपाले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


