युवाले बनाए विश्वको सबैभन्दा सानो ल्यापटप, १ इन्चको स्क्रिन
एक युवाले विश्वको सबैभन्दा सानो ल्यापटप निर्माण गरेका छन् । पोल क्लिन्गर नामका युवाले १ इन्चको स्क्रिन भएको विश्वकै सानो ल्यापटप बनाएका हुन् । उनले थिंक टाइनी नामक मिनी ल्यापटप निर्माण गरेका हुन् ।

यो ल्यापटप आईबीएम कम्पनीले तयार पारेको थिंकप्याडको सानो रुप हो । अहिले थिंकप्याड अहिले लेनोभोले बनाउँछ ।
क्लिन्गरले यो मिनि ल्यापटपमा थिंकप्याडको जस्तै किप्याडको बीचमा रातो रङको कर्सर कन्ट्रोलर पनि दिएका छन् ।
यो ल्यापटपमा १२८×६४ पिक्सलको ओएलईडी डिस्प्लेको प्रयोग गरिएको छ । साथै यो साना ल्यापटपमा एटाइनी १६१४ मिनि कन्ट्रोलरको प्रयोग गरिएको छ ।
यसमा ३ सय एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ । यसको ब्याट्रिलाई रिचार्ज पनि गर्न सकिन्छ ।
यसमा मानिसहरुले गेम पनि खेल्न सक्छन् । यो ल्यापटप यति सानो छ कि त्यसलाई हत्केलामा लिन सकिन्छ । यो ल्यापटपको बीचमा राखिएको रातो बटमलाई माउसको रुपमा प्रयोग गर्न सकिन्छ । यसको पार्टपूर्जा र आवश्यक अन्य सामग्रीको लागि ८५ डलर बराबरको रकम खर्च गरिएको थियो ।
पोल क्लिन्गर अहिले तत्काल यो ल्यापटप भने बेच्न चाहँदैनन् । तर, कसैले यो ल्यापटप बनाउन चाहन्छन् भने त्यसका लागि आवश्यक सबै जानकारी उनले सार्वजनिक गरेका छन् । -एजेन्सी
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


