युवाले बनाए विश्वको सबैभन्दा सानो ल्यापटप, १ इन्चको स्क्रिन

एक युवाले विश्वको सबैभन्दा सानो ल्यापटप निर्माण गरेका छन् । पोल क्लिन्गर नामका युवाले १ इन्चको स्क्रिन भएको विश्वकै सानो ल्यापटप बनाएका हुन् । उनले थिंक टाइनी नामक मिनी ल्यापटप निर्माण गरेका हुन् ।

यो ल्यापटप आईबीएम कम्पनीले तयार पारेको थिंकप्याडको सानो रुप हो । अहिले थिंकप्याड अहिले लेनोभोले बनाउँछ ।
क्लिन्गरले यो मिनि ल्यापटपमा थिंकप्याडको जस्तै किप्याडको बीचमा रातो रङको कर्सर कन्ट्रोलर पनि दिएका छन् ।
यो ल्यापटपमा १२८×६४ पिक्सलको ओएलईडी डिस्प्लेको प्रयोग गरिएको छ । साथै यो साना ल्यापटपमा एटाइनी १६१४ मिनि कन्ट्रोलरको प्रयोग गरिएको छ ।
यसमा ३ सय एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ । यसको ब्याट्रिलाई रिचार्ज पनि गर्न सकिन्छ ।
यसमा मानिसहरुले गेम पनि खेल्न सक्छन् । यो ल्यापटप यति सानो छ कि त्यसलाई हत्केलामा लिन सकिन्छ । यो ल्यापटपको बीचमा राखिएको रातो बटमलाई माउसको रुपमा प्रयोग गर्न सकिन्छ । यसको पार्टपूर्जा र आवश्यक अन्य सामग्रीको लागि ८५ डलर बराबरको रकम खर्च गरिएको थियो ।
पोल क्लिन्गर अहिले तत्काल यो ल्यापटप भने बेच्न चाहँदैनन् । तर, कसैले यो ल्यापटप बनाउन चाहन्छन् भने त्यसका लागि आवश्यक सबै जानकारी उनले सार्वजनिक गरेका छन् । -एजेन्सी
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…