मेसीलाई तीन महीनाको प्रतिबन्ध
काठमाडौं । अर्जेन्टाइन फुटबर स्टार लियोनेल मेसी अन्तर्राष्ट्रिय फुटबलबाट तीन महीनाको प्रतिबन्धमा परेका छन् । फुटबलको नियमनकारी संस्था कन्मेबोलले कोपा अमेरिका कपको क्रममा भ्रष्टाचार भएको आरोप लगाएसँगै उनीमाथि प्रतिबन्धको निर्णय गरेको हो ।
त्यसका साथै उनीमाथि ५० हजार डलर जरिवाना पनि लगाइएको छ । जुलाईमा अर्जेन्टिनाको चिलीमाथि २–१ को जितपछि गरिएको टिप्पणीका लागि उक्त जरिवाना लगाइएको हो । मेसी र अर्जेन्टिनाले यो निर्णयको विरुद्धमा अपिल गर्न सक्नेछन् । यो प्रतिबन्धको कारण मेसीले यस वर्ष चार मैत्री खेल भने खेल्न पाउनेछैनन् ।
यस विषयमा मेसी र अर्जेन्टिना फुटबल संघले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । चिलीविरुद्धको खेलमा खाएको रातो कार्डको कारण आगामी मार्च महीनामा हुने अमेरिकी वर्ल्ड कप क्वालिफयर्सको पहिलो खेल खेल्न पाउनेछैनन् ।
मेसीले जीवनमा दोस्रोपटक यस किसिमको प्रतिबन्धको सामना गरेका हुन् । उनले कोपा डेल रेमा ब्राजिलले जित्ने कुरा शुरुमै तय भएको बताएका थिए । सेमिफाइनलमा अर्जेन्टिना ०–२ गोलले पराजित भएको थियो ।
उनलाई प्रतिबन्धको डरको विषयमा गरिएको प्रश्नमा साँचो कुरा बोल्नुपर्ने बताएका थिए । तर, पछि उनले आफ्नो टीप्पणीप्रति कन्मेबोलसँग माफी मागेका थिए । एजेन्सी
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…