स्याङजा सदरमुकामको मालपोत कार्यालय नमुना बनाईदै ।
रोशन लामिछाने/स्याङ्जा :
मालपोत कार्यालय स्याङजालाई नमुना अर्थात सुधारीएको मालपोत बनाउन भौतिक संरचनाहरुको निर्माण कार्य शुरु गरिएको छ । सेवा ग्राहीहरुलाई छिटो छरितो तरिकाले सेवा दिने उद्देश्यले मालपोत कार्यालयका संरचना परिवर्त गर्न लागिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको योजाना अनुरुप मालपोत कार्यालय स्याङजालाई सुधारीएको मालपोत कार्यालय स्याङजा बनाउन लागिएको मालपोत कार्यालय स्याङजाका प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो ।
सुधारीएको मालपोत कार्यालयमा एउटा सहायता कक्ष जहाबाट सेवाग्राहीले काफ्नो काम सम्बन्धित विषयमा जानकारी पाउने छन् । जसमा कार्यकक्ष सबैले देख्ने पारदर्शी हुनेछ । प्रतिक्षालयमा टेलिभिजन र अडियो भिजुअल डिस्प्ले जडान गरिनेछ ।
सुधारीएको कार्यालयको सम्पूर्ण कारोबार बैंकिङ प्रणलीबाट गरिनुका साथै पूरै पूर्ण रुपमा क्यासले बनाईने कार्यालय प्रमुख पौडेलले बताउनु भयो । पौडेलले कार्यालयमा स्तनपान कक्ष, महिलापुरुषको शौचाल, खानेपानीको व्यस्था र भवन अपाङ्ग मैत्री हुने जानकारी दिनुभयो ।
मालपोत कार्यालय वरीपरी भू–सेवा केन्द्र रहने कार्यालयले जानकारी दिएको छ । भू–सेवा केन्द्र स्थापना पश्चात काम गर्न सहज हुने कार्यालयको ठम्याई रहेको छ । भू–सेवा केन्द्र स्थापना भए पछि कार्यालयमा भिड हट्नेछ ।
सेवा ग्राहीहरुले पाएको झन्झटलाई अन्त्य गर्न सुधारीएको मालपोत कार्यालय स्याङजा बनाउन शुरु गरिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । पौडेलले दशै अगाडी नै सुधारीएको मालपोत कार्यालय बन्ने जानकारी दिदै सुधारीएको मालपोत कार्यालय बनाउन सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सुधारीएको कार्यालय बनिसके पछि डिजिटल प्रविधि उपयोग गरी घरबाटै जग्गाको विवरण हेर्ने सक्ने व्यवस्थागर्न लागिएको छ । युजर नेम र पासवर्ड लिएर आफ्नो जग्गाको विवरण घरमै बसेर थाहा पाउन सकिने छ ।
मालपोत कार्यालय स्याङजामा दैनिक जसो करिब एक सय देखी एक पचास जना सम्म सेवाग्राही आउने गर्दछन् । मालपोत कार्यालय स्याङजाका सेवाग्राहीहरु पुतलीबजार नगरपालिका, आँधिखोला, फेदीखोला, हरिनास, विरुवा र अर्जुनचौपारी गाउपालिकाका रहेका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


