मदिरा ब्यवसायीलाई हेर्ने राज्यको नजर फरक हुनु दु:खद -अध्यक्ष सोनाम ।

भवानी अधिकारी/स्याङ्जा :

मदिरा ब्यवासायी संस्थाको प्रथम साधारणसभा तथा अधिवेशन शनिवार भिरकोटमा सुरु भएको छ । अधिवेशनको उदघाटन गर्दै मदिरा ब्यवसायी संघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले मदिरा ब्यवसायीलाई राज्यले हेर्ने नजर फरक भएको बताउनु भयो । अध्यक्ष शेर्पाले राज्यलाई राजश्वमा ठूलो हिस्सा सहयोग गर्ने मदिरा ब्यवसायीलाई राज्यले दोश्रो दर्जामा राखेकोमा दुख ब्यक्त गर्नु भयो ।


अध्यक्ष शेर्पाले भीसीटीएस प्रणाली लागु हुन कठिन भएको स्पष्ट पार्नु भयो । नेपालको भूगोलमा बसेर अमेरिका र युरोपको जस्तो प्रबिधियुक्त ब्यवस्था लागु गर्न चुनौती रहेको बताउदै हाम्रा मुलुकका अधिकांश जिल्लामा अझैं पनि इन्टरनेटको पहुँच पुगेकै छैंन भने कसरी भीसीटीएस प्रणाली लागु होला ? भुगोल सुहाउँदो नीति बनाउनु पर्दछ । तब मात्र सरकारले भने जस्तो सुखी नेपाल, समृद्ध नेपालीको लक्ष्यले सार्थकता पाउछ उहाँले भन्नुभयो ।
राज्य संचालनको जिम्मेवारी सम्हालेका नेताहरुले मदिराकै कारण घरेलु हिंसा, बलात्कार, हत्याका घटना बढेको बताउदा आफुलाई दुख लागेकोमा जोड दिनुभयो । राज्यले ट्याग लगाएर, राजश्व लिएर बितरणको अनुमति दिने अनि ब्यवसायीलाई बिभिन्न आरोप पनि लगाउने उहाँको भनाई छ । राज्यका नीति ऐन नियम सम्पूर्ण मान्न तयार हामीलाई राज्यले योगदानका आधारमा मूल्यांकनगरी राज्यलाई सहयोगगर्न जरुरी रहेकोमा जोड दिनुभयो ।


कार्यक्रममा केन्द्रीय महासचिव तारानाथ ढुंगाा, काठमाण्डौं ब्यवसायी संघका अध्यक्ष गोबिन्द बराल, गण्डकी प्रदेश सल्लाहकार नवराज सुवदी, गण्डकी प्रेदेश अध्यक्ष डासीराम सापकोटा, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठ सुवर्ण, भीरकोटका ६ का अध्यक्ष रामकाजी केसी, च्याम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्रीबहादुर गुरुङ, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, वरिष्ठ ब्यवसायी चेतनारायण श्रेष्ठ लगायतले चेक वाउन्स प्रमुख समस्याको रुपमा रहेको बताउदै मदिरा ब्यवसायी एकजुटभई नक्कली ब्यवसायीलाइृ बहिस्कार गर्दै अघि बढ्नु पर्नेमा जोड दिए

मदिरा ब्यवसायी संस्था स्याङ्जाका अध्यक्ष खिमानन्द पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गणेश अर्यालले स्वागत, सदस्य डिल्लीरमण अर्यालले धन्यवाद र सचिव रविन केसीले संचालन गर्नु भएको थियो ।

यसैबीच, मदिरा ब्यवसायीका हक, हित र ब्यवसायका लागि सहयोग पुरयाएको भन्दै स्याङ्जाका ब्यवसायी एंवं गण्डक प्रदेशका सल्लाहकार नवराज सुवेदीलाई सम्मान गरिएको छ ।

Facebook Comments Box
TOP