माछालाई थापेको जालमा आफै परेपछि गयो दुई जनाको ज्यान ।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङ्जाको ज्याग्दीखोलामा माछालाई थापेको जालमा बेरिएर २ जनाको ज्यान गएको छ । चापाकोट नगरपालिका वडा नम्वर ५ स्थीत ज्याग्दीखोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय बीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको ज्यान गएको हो । निरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबे पछि बचाउन जाने क्रममा नीर बहादुर पनि सोही जालमा बेरिन पुगेको चापाकोट नगरपालिकाका सल्लाहकार विश्वास पुरीले जानकारी दिनुभयो । मृतकहरुको शवलाई पोष्टमार्टमका लागि वालिङ ल्याईएको प्रहरीले जनाएको छ ।

कसरी भयो दुर्घटना :
चापाकोट नगरपालिका वडा नम्वर ४ मा रहेको राम मन्दिर माविमा पढाएर सोमवार अपरान्ह साढे चार बजे तिर निर बहादुर राना घर आई पुग्छन् । उनको भेट हुन्छ दुई जना साथीहरु विर बहादुर र बम बहादुर आले सँग, सदैव जस्तो माछा मार्न जाने सल्लाह पश्चात साझ ५ बजे तिर उनीहरु लाग्छन ज्याग्दी खोला तिर । माछा मार्ने क्रममा बीर बहादुरले फालेको जालले उनलाई नै बेर्छ र उनी खोलामा डुव्छन् । नजिकै रहेका नीर बहादुरले आफ्नो जाल फालेर विर बहादुरलाई बचाउन खोलामा पश्छन् तर नीर बहादुरलाई पनि जालले बेर्छ र बगाएर कौडे रहमा पुर्याउछ ।
जाल भारी तथा उचाल्न समेत कठिन हुने हुँदा उनीहरुले आफूहरुलाई बेरेको जाललाई पन्छाउन सक्तैनन् र माछालाई हानेको जालले उनीहरु दुवै जनाको ज्यान लिन्छ । साँझको समयमा छुटै माछा मारिरहेका बम बहादुरले यो घटना देखे पछि उद्धारको लागि हार गुहार गरेका नगरपालिकाका सल्लाहकार पुरीले जानकारी दिनुभयो । उनीहरुको शरिरबाट जाल हटाएर बाहिर निकाल्दा नै दुवै जनाकोे ज्यान गईसकेको पुरीले बताउनु भयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


