विद्यालयलाई लुम्बिनी विकास बैंकको टंकी सहयोग ।

भवानी अधिकारी /स्याङजा : पुतलीबजार नगरपालिका ३ स्थित लुम्बिनी विकास बैंक स्याङ्जा शाखाले सोही वडामा रहेको एक सामुदायिकविद्यालयलाई खानेपानी संकलन टंकी सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत काजिमान हरिटीका माध्यमिक विद्यालयलाई खानेपानी टंकी उपलब्ध गराएकोे हो ।

बैंकका अध्यक्ष सुशिलराज पराजुलीले विद्यालयका प्रधानाध्यापक ओमप्रकाश शर्मालाई बुधवार १ हजार ५ सय लीटर क्षमताको खानेपानी टंकी हस्तान्तरण गर्नुभएको हो । हस्तान्तर गर्दै अध्यक्ष पराजुलीले सदरमुकाममा रहेर पनि ओझेलमा पारिएको यस विद्यालयका शैक्षिक सुधारका लागि बैंकले आगामी दिनमा पनि सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रधानाध्यापक ओमप्रकाश शर्माले टंकी उपलब्धतासंगै यहाँ अध्ययरत विद्यार्थीले स्वच्छ खानेपानीको सहजे आपूर्ति हुने जनाउदै सहयोगी बैंकलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सहायक प्रधानाध्यापक कृष्णबहादुर गोदार, शिक्षकहरु ऋषिराम शर्मा, शिव लिमिल्सिना लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो भने लुम्बिनी विकास बैंक स्याङ्जा शाखा प्रवन्धक टंकप्रसाद ढकाल विद्यालयका शैक्षिक पूर्वाधार निर्माणका लागि यस्ता खाले रचनात्मक अन्य सहयोग पनि जारी रहने बताउनुभयो । लुम्बिनी विकास बैंक राष्ट्र बैंकद्धारा ख बर्गमा इजाजतप्राप्त बैंक हो ।

Facebook Comments Box
TOP