खाना पकाउने ग्यासको मूल्य घट्यो, डिजेल-पेट्रोल महंगियो
नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोल लिटरमा १ रुपैयाँ महंगो हुँदा डिजेल र मटितेलको मूल्य ५० पैसा मात्रै बढेको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २५ रुपैयाँले घटेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । मूल्य घटेपछि एक सिलिन्डर ग्यासको लागि १ हजार ३७५ रुपैयाँ तिर्नुपर्ने छ ।
हवाई ईन्धनको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।निगमले गत वर्ष ग्यासमा करिब ६ अर्व नोक्सानी व्यहोरेको थियो । ‘यसैको कारणले हालसम्म स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने,’ मूल्य समायोजन गरेपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रतिलिटर क्रमशः १४.३७ र १५.४७ रुपैयाँ सस्तो हुने अवस्था रहन्छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
३ हप्ता अगाडि
स्याङ्जा : वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।…


