राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा ऋषि डुम्रे निर्वाचित ।

आँधीखोला खवर/स्याङ्जा :
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा ऋषि डुम्रे निर्वाचित हुनु भएको छ । प्रतिष्ठानको शनिवार सम्पन्न सत्रौं साधारण सभा तथा सातौँ अधिवेशनले डुम्रेको अध्यक्षतामा जिल्ला समितिको सर्वसम्मत रुपमा चयन गरेको हो । प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा नेत्र खड्का,द्धितिय उपाध्यक्षमा जगत गौडल र महिला उपाध्यक्षमा सुनिता नेपाली निर्वाचित हुनु भएको छ । त्यस्तै सचिवमा राजेश भण्डारी,सहभसचिवमा कमला गैह्रे र कोषाध्यक्षमा विक्रम गुरुङ चयन भएका हुन् । यसगैरी प्रवक्तामा राम प्रसाद तिवारी चयन हुनु भएको छ ।
“हाम्रो अभियान लोक संस्कृतिको संरक्षण श्रष्टाको सम्मान नवप्रतिभाको प्रोत्साहन” भन्ने नाराका साथ अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विजीले उद्दघाटन गर्नु भएको हो । कार्यक्रममा भीरकोट नगरप्रमुख छायाराम खनालले गितसंगितले मानिसलाई सकरात्मक दिशातर्फ अगाडि बढ्न प्रेरित गर्ने बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका प्रथम उपाध्यक्ष पशुपती शर्मा, द्धितिय उपाध्यक्ष राम्जी खांण, कोषाध्यक्ष दिपक खड्का, उपमहासचिव चोलेन्द्र पौडेल, सचिव खुमन अधिकारी, अनुसन्धानकर्ता तुल्सी प्रभास, सदस्य शिव हमाल, गण्डकी प्रदेशका अध्यक्ष शंकर विरही गुरुङ लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रतिष्ठान स्याङ्जाका संस्थापक अध्यक्ष गोपाल जिटि र निर्वतमान अध्यक्ष अर्जुन गैह्रेलाई सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष नेत्रप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष मिलन सापकोटा, सञ्चालन सचिव ऋषि डुम्रे र धन्यवाद सहसचिव नेत्र खड्काले गर्नुभएको थियो ।

समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…