स्याङ्जाका चार वटा लायन्स क्लबका पदाधिकारीहरुको संयुक्त पदस्थापन ।

टिकाराम अधिकारी/गल्याङ :
स्याङजाको गल्याङमा जिल्लाका लायन्स क्लबका पदाधिकारीहरुले संयुक्त रुपमा पदस्थापन गरेकाछन् ।


लायन्स क्लब अफ गल्याङ सिटी, लायन्स क्लब अफ वालिङ सिटी, लायन्स क्लब अफ स्याङजा सिटी र लायन्स क्लब अफ स्याङजा पुतलीबजारका पदाधिकारीहरुले संयुक्त रुपमा पदस्थापन गरेकाहुन् । उनीहरु लायन वर्ष २०१९/०२० का लागि निर्वाचित भएकाहुन् ।
लायन्स क्लब अफ, गल्याङ सिटीको आयोजनामा गल्याङ ३ मा अवस्थित मगर भवन लेमभित्तामा समारोह सम्पन्न भएको हो ।
समारोहमा एम.जे.एफ लायन डिष्ट्रिक गर्भनर इन्दु लम्सालले सशक्तिकरणका लागि जागौँ भन्ने यस वर्षको नारालाई सफल बनाउन सवैले साथ दिनुपर्ने बताउनुभयो । उहाँले जिल्ला भरिका सम्पुर्ण लायन्सका पदाधिकारीलाई सपथ ग्रहण गराउदै लायन्स क्लबले आफ्नो जिम्मेवारी कहिल्यै भुल्न नहुनेमा जोड दिनुभयो ।


पदस्थापना अधिकृत लम्सालले आफ्नो सहपाठीसँग मिलेर सहकार्य गर्नुपर्ने बताउदै जिल्लाका चार वटै क्लबलाई सामाजिक कार्यमा लाग्न सुझाव समेत दिनुभयो ।
यस्तै कार्यक्रममा नव निर्वाचित लायन्स क्लब गल्याङ सिटीका अध्यक्ष जनक कुमार श्रेष्ठले
डिष्ट्रिक गर्भनरले ल्याएका कार्यक्रमलाई आत्मसाथ गर्दे अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।


उहाँले मानस सेवामा समर्पित रहेर लायन्सले काम गर्दे आएको र यसलाई निरन्तरता दिने, मानवसँग सरोकार राख्ने काम गर्ने, रक्तदान, वृद्धाहरु सम्मान गर्ने लगायत भावी कार्यक्रमहरु बारेमा आफ्ना योजनाहरु राख्नुभएको थियो ।
यस्तै लायन वर्ष २०१९/०२० का वालिङका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले आफ्ना भावी योजनाहरु प्रत्ुत गर्नु भएको थियो उहाँले अपाङगता भएकाहरुलाई ह्विलचियर वितरण गर्ने, ह्विलचियर आवश्यक पर्ने संख्यालाई शुन्यमा झार्ने, लक्षित वर्गलाई ध्यानमा राखेर कपडा बैँक स्थापना गर्ने, नारीलाई सम्मान गर्ने, करिब १ हजार बालबालिकाको आँखा जाँच गर्ने लगायत लाययन्सले गर्ने भावी योजना प्रस्ट पार्नुभएको थियो ।


यस्तै लायन वर्ष २०१९/०२० का स्याङजाका अध्यक्ष राजेन्द्र श्रेष्ठले सेवा गर्ने भावनाका साथ आफुहरु अगाडि बढ्ने बताउनुभयो ।
लायन्स क्लब अफ स्याङजा पुतलीबजारका अध्यक्ष श्री गुरुङले जिल्लामा भर्खर स्थापना भएको क्लबलाई सवैको साथ सहयोगको खाचो रहेको भन्दै समाजको उत्थानको लागि अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा पुर्व जिल्ला विकास समन्वय समितीका सभापति लालगोपाल अर्यालले निस्वार्थ भावले ओतप्रोत भई काम गर्न आग्रह गर्दे सम्पुर्ण पदाधिकारीलाई सफल कार्यकालको शुझकामना व्यक्त गर्नुभयो ।


गल्याङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद पाण्डेले लायन्स क्लबलाई सदैव नगरपालिकाको साथ रहने स्पष्ट पार्नु भयो ।
यस्तै लायन विश्वश्वर आर्चाय, राजन लम्सालले सवैको सहकार्यले काम सहज बन्ने बताउदै त्यसको लागि आफुहरु साथ रहेको बताएका थिए ।
यसैबीच कार्यक्रममा लायन्स क्लब अफ गल्याङ सिटीका पुर्व अध्यक्ष दुर्गा प्रसाद भण्डारी, लायन्स क्लब अफ वालिङ सिटीका पुर्व अध्यक्ष विष्णु सुवेदी, लायन्स क्लब अफ स्याङजा सिटीका पुर्व अध्यक्ष रामचन्द्र पोखरेलले आफ्नो कार्यकालमा सम्पादन भएका कार्यहरुका बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला भरिका चार क्वलका सम्पुर्ण लायन्स क्लबका पदाधिकारीको सहभागिता थियो । लायन्स क्लब गल्याङ सिटीका पुर्व अध्यक्ष महेश भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रम लायन वर्ष २०१९/०२० गल्याङका अध्यक्ष जनक कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन लायन वर्ष २०१९/०२० का गल्याङका सचिव कृष्ण प्रसाद भट्टराई र पुर्व सचिव यज्ञ अर्यालले गर्नुभएको थियो । त्यस्तै धन्यवाद लायन क्लष्टर २४ का प्रमुख शिवराज आर्चायले दिनुभएको थियो ।

Facebook Comments Box
TOP