लायन्स क्लव वालिङले थाल्यो दैनिक रु १ अभियान, वालिङमा ह्विल चियरको आवश्यक्ता शुल्यमा झारिने ।

प्रदिप कोईराला/वालिङ : लायन्स क्लव अफ वालिङले वालिङ नगरपालिका भित्रका फरक क्षमता भएका नागरिकहरुलाई ह्वील चेयर वितरण गरेको छ । वालिङ नगरपालिकासंग सहकार्य गर्दै नगरभित्र रहेका फरक क्षमताका नागरिक मध्ये ह्वील चेयर आवश्यकता रहेकालाई लायन्स क्लवले १७ थान ह्वील चेयर वितरण गरेको हो ।

आइतवार वालिङ नगरपालिका कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाकी उप–प्रमुख कल्पना तिवारीवाट ह्वील चेयर वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी रहेकी तिवारीले लायन्स क्लवले समाजमा गरेको सामाजिक कृयाकलापको प्रशंसा गर्दै, वालिङ नगरपालिकाको स्मार्ट सिटी निर्माण गर्ने अभियानमा सहभागी वन्दै रु एक अभियान थालनी गरेकोमा लायन्स क्लव वालिङलाई धन्यवाद व्यक्त गरेकी थिइन ।
लायन्स क्लव अफ वालिङ सिटीका वर्ष २०१९/०२० का अध्यक्ष देवेन्द्रप्रसाद भट्टराईले आफ्नो वार्षिक कार्ययोजनामा स्मार्ट सिटी वालिङको अभियानलाई सहयोग गर्न रु १ अभियान सुरु गरेको छ । अभियानको पनि आइतवार सोही कार्यक्रममा शुुभारम्भ गरिएको थियो ।

कार्यक्रममा लायन्स क्लव अफ वालिङका संस्थापक अध्यक्ष जलेश्वर पाण्डेले लायन्स क्लव स्थापना पछि समाजमा पारेकाृे सकारात्मक प्रभावको वारेमा चर्चा गर्दै, मानवताको सेवामा यस क्लवले गरेको सामाजिक कार्य अत्यान्तै उत्कृष्ठ रहेको वताएका थिए । भने सोही कार्यक्रममा लायन्स क्लव वालिङका पूर्व अध्यक्ष सरस्वती तिवारीले आफूले थप पाँच तथा अत्याधुनिक ह्वील चेयर असौज महिनामा पाँच थान वितरण गर्ने घोषणा गरेकी छन् ।
यसैविच प्रभुु बैक वालिङको स्थापना दिवसको अवसरमा लायन्स क्लवलाई पाँच थान ह्वील चेयर सहयोग गरेको बैकका प्रमुुख हरी प्रसाद डुुम्रेले जानकारी दिए ।
कार्यक्रममा प्रभुु वैंकका शाखा प्रमुुख हरीप्रसाद डुम्रे, लायन्स क्लवकी उपाध्यक्ष कविता भूूषाल, वालिङ जेसीजका पूर्व अध्यक्ष प्रदिप कोइराला लगायतले आफ्नो धारणा राखेका थिए । लायन्स क्लवका सचिव दिपक लम्सालको सन्चालनमा सम्पन्न कार्यक्रम अध्यक्ष देव्न्द्र भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा लायन्स क्लवले शुुभारम्भ गरेको रु १ अभियानको वालिङ जेसीजका पूर्व अध्यक्ष प्रदिप कोइरालाले अफ्नो परिवारको चार जना सदस्यको वार्षिक ३ सय ६५ दिनको, उप प्रमुुख कल्पना तिवारीले पनि अभियानको रसिद काटेर अभियानलाई सहयोग गरेका थिए । भने क्लवका सदस्यहरु कविता भूूषाल, दुुर्गा थापा, सरस्वती तिवारी, आँधीखोला टेक्निकल कलेजले सोही समारोहमा अभियानको रसिद काटेका थिए । अभियानमा लायन्स क्लवले यसै वर्ष स्मार्ट यात्रु प्रतिक्षालय, स्मार्ट वाटिका निर्माणको थालनी गर्ने क्वलका अध्यक्ष भट्टराईले वताए ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…