भारतीय पूर्ववित्त मन्त्री अरुण जेटलीको निधन
भारतीय पूर्ववित्त मन्त्री अरुण जेटलीको को निधन भएको छ। भारतीय मिडियाहरूका अनुसार उनको शनिबार दिउँसो एम्स हस्पिटलमा उनको निधन भएको हो।

श्वासप्रश्वासमा कठिनाइ भएपछि जेटली १५ दिनअघि दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका थिए। उनलाई ‘लाइफ सपोर्ट सिस्टम’मा राखिएको थियो। ६६ वर्षे भाजपाका पाका नेता जेटली सफ्ट टिस्यु क्यान्सरसँग लडिरहेका थिए। एक वर्षअघि एम्समै उनको मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो। संसदीय निर्वाचनमा हारका बाबजुद अघिल्लोपटकको मोदी सरकारमा वित्तमन्त्री भएका मोदीका विश्वास पात्र जेटलीले स्वास्थ्यकै कारण यसपटक मन्त्री बन्न अनिच्छा देखाएका थिए। उनले यसपटकको चुनाव पनि लडेका थिएनन्।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


