आज साउनको अन्तिम सोमबार ।
आँधीखोला खवर/वालिङ् :
हिन्दू धर्मावलम्बीहरुका लागि साउने सोमबार वर्षकै पवित्र दिनको रूपमा लिइन्छ । यस दिन शिवको पूजाआराधनाका लागि शीव मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लाग्दछ । साउन महिनाको सोमबार भगवान शिवको प्रिय दिन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ । महिलाहरुले हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने गर्छन्न् ।
साउन महिनाको सोमबार भगवान शिवको विशेष पूजा आराधना गर्ने परम्परा हिन्दु धर्ममा छ । ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यस दिन शिव उपासना विशेष मानिन्छ । साउन महिनाको सोमबार गरिने शिवको व्रत तथा पूजा विशेष फलदायी हुने विश्वास रहिआएको छ । यसदिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ । आज यस वर्षको साउनको अन्तिम सोमबार पनि हो । यस हिसाबले यो वर्ष साउनमा चार वटा सोमबार परेको छ । यो सौर गणनाको हिसाबले हो । तर व्रत गर्दा धार्मिक कार्यका लागि चान्द्र तिथि बारको प्रयोग गर्नु भन्ने निर्देश छ । साउने सोमबारका दिन छाङ्छाङ्दीमा रहेको छायाछेत्रद्द शिव मन्दिरमा भक्तनजहरुको घुँईचो नै लागेको छ ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…