कमल पंगेनीको बार्षिक स्मृति सभामा सभापति देउवा सहितका नेताहरु स्याङ्जा आउने ।

आँधीखोला खवर/स्याङ्जा :
नेपाली कांग्रेसका लोकप्रीय नेता एवं तत्कालिन जिल्ला सभापति स्वर्गीय कमल प्रसाद पंगेनीको पहिलो बार्षिक स्मृति केन्द्रीय नेताहरु स्याङ्जा आउने भएकाछन् । साउन २० गते भीरकोट नगरपालिकाको सुन्दर बजारमा हुने स्मृति शभामा भाग लिन कांग्रेस सभापति शेर बहादुर देउवा, सहित केन्द्रीय नेताहरु स्याङ्जा आउने तय भएको कांग्रेस स्याङ्जाका कार्यबहाक सभापति कुमार रानाले जानकारी दिनुभयो । उहाँले स्वर्गीय पंगेनीको जन्म स्थान भीरकोटमा हुने शभाको तयारी भईरहेको जानकारी दिनुभयो ।
पूर्व सांसद समेत रहनु भएका कांग्रेस जिल्लाका सभापति कमल प्रसाद पंगेनीको गत साल साउन २० गते निधन भएको थियो । स्मृति सभामा स्वर्गीय पंगेनीको स्मृतिमा तयार पारिएको “कमल पंगेनी स्मारिका” को पनि सावर्जनिक गरिने स्मारिकाका सम्पादक रविन केसीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


