स्वर्गीय कमल पंगेनीको स्मृतिमा वृद्धाश्रममा अक्षयकोषको स्थापना ।

आँधीखोला खवर/गल्याङ :
नेपाली कांग्रेसका लोकप्रिय नेता कमल पंगेनीको स्मृतिमा रामनदीधाम राम्दीको बृद्धाश्रममा अक्षयकोषको स्थापना गरिएको छ । शिवपार्वती बृद्धाश्रम रामनदी धाम-राम्दीमा ४२ हजार रुपैयाको अक्षयकोषको स्थापना गरिएको कांग्रेसका जिल्ला सदस्य अर्जुन खनालले जानकारी दिनुभयो । पंगेनीको निधन हुनु भन्दा ठीक पहिले एक बर्ष अगाडि आज कै दिन सोही ठाँउमा पुगेर विभिन्न कार्यक्रममा सहभागी हुनु भएको थियो । पंगेनीले राम्दीमा भईरहेको गंगा आरतीमा सहभागी हुनुका साथै वृद्धवृद्धासँग भजनकिर्तनमा सहभागी समेत हुनु भएको थियो ।

तस्वीर-सुनिल श्रेष्ठ


१५ जना कांग्रेस नेताहरुको सहकार्यमा कमल पंगेनी स्मृति अक्षयकोषको स्थापना गरेको हो । अक्षयकोषको व्याजले आश्रमका विविध गतिविधमा खर्च गरिने क्षेत्रीय सभापति अर्जुन प्रकाश अर्यालले जानकारी दिनुभयो ।


मणि बस्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत महेश भट्टराईले र सञ्चालन रमेश बस्याल गर्नुभएको थियो । अक्षयकोष कांग्रेस संसदीय दल गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठ, गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्ल, क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल, जिल्ला सदस्य अर्जुनप्रसाद खनाल, क्षेत्रीय सचिव दामोदर लम्साल,गल्याङ १ का वडा अध्यक्ष महेश भट्टराई, मणि बस्याल, खगिसरा भण्डारी, चेतनारायण श्रेष्ठ, नेत्रप्रसाद सुवेदी, कृष्णमणि बस्याल, रमेश बस्याल, शालिकराम बस्याल, नन्दलाल बस्याल र सितादेवि डुम्रे गरी १५ जनाले ४२ हजारको कमल स्मृति अक्षयकोषको स्थापना गरेकाहुन् र अन्य ईच्छुकहरुले रकम थप गर्न सक्ने क्षेत्रीय सभापति अर्यालले बताउनु भयो ।

Facebook Comments Box
TOP