कालिगण्डकीको उत्तरबाहिनी अनुसन्धानको लागि उपयुक्त ।

हिमलाल पराजुली 
स्याङ्जा । मालुङ्गा र पाल्पाको हुगीको बिचमा पर्ने कालिगण्डकीको उत्तरबाहिनी  धार्मीक अनुसन्धानको लागि उपयुक्त रहेको धार्मीक गुरुले बताएका छन् । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले यस्तो बताउनुभएको हो ।

प्रतिष्ठानको माध्यामबाट उत्तरबाहिनीको महत्वबारे सबैलाई सुसूचित गर्ने अभियानको सुरुवात गरेको कृष्णले बताउनुभयो । यस क्षेत्रमा भगवान राम आएर तीन महिना बसेकाले स्याङ्जा र पाल्पाको संगम स्थलमा ‘राम्दी’ नाम रहेको जनविश्वास छ ।

यस ठाउँमा राक्षसले बन्धक बनाएर राखेका १६ हजार ४ कन्याको उद्धार गरेर अर्को जन्ममा तिमीहरूलाई म स्वीकार गर्छु भनि कृष्ण अवतारमा १६ हजार ४ रानी भएको प्रसङ्गसँग यसको इतिहास जोडिएको चैतन्य कृष्णले बताउनुभयो ।

ऋषि मार्कण्डयको जन्म भएको र उनका पिता मृकन्डुले यहाँ तपस्या गरेपछि भगवान नारायणबाट पुत्रको वरदान प्राप्त गरेर मार्कन्डयको जन्म भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

पिताको तपस्या पश्चात् १६ वर्षको आयु लिएर जन्मिएका मार्कन्डयले आयु बढाउन र मृत्युलाई जित्न महामृत्युन्जय साधना यसै ठाउँमा गरेको र चिरञ्जीबी बनेको धार्मीक विश्वास छ ।

कालीगण्डकी नदी उत्तरतर्फ बग्छ । उत्तरको अर्थ संसारका समग्र प्रश्नहरूको उत्तर दिनु भन्ने हुन्छ । यसर्थ यो संसारका समग्र जिज्ञासाको समाधान प्राप्त हुने भूमि हो ।

प्रतिष्ठानले ज्ञान र विज्ञानलाई जोडेर नेपाललाई समृद्ध र आध्यात्मिक देश निर्माणमा सहयोग पुर्याउने, मानिसलाई वैज्ञानिक, साधु र ऋषिलाई वैज्ञानिक बनाउने उद्देश्यका काम गरिरहेकोे छ । विभिन्न धर्मग्रन्थमा उल्लेख भए अनुसार गयामा गएर श्राद्ध गरेको भन्दा एक अर्ब गुणा बढि फल उत्तर गंगा नदीमा पाइन्छ भने प्रयाग कुरुक्षेत्र नैनीसारखण्डमा भन्दा तीन अरब गुणा बढि फल प्राप्त हुने विश्वास गर्ने गरिन्छ ।

कालिगण्डकी चक्रशिला संख्य पिपल लगायतका रहस्यमय कुरा लुकेको स्थानीय वासिन्दा एवं कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका सचिव सोमनाथ न्यौपानेले बताए । न्यौपानेका अनुसार यहाँ रहेको संख्य पिपलमा द्वादसी तिथिको रात्रीमा शंखको ध्वनी सुनाइने गरिन्छ । र यो सन्दर्भ ब्राह पुराणमा समेत उल्लेख छ । स्कन्द पुराणमा यसको महिमाको बर्णन गरिएको छ । आनन्द रामायण, यात्राकाण्ड छैटाैं खण्डको ७१/७२ श्लोकमा यसको वर्णन गरिएको छ । विभिन्न धार्मीक शास्त्रहरुमा पनि यससम्बन्धि उल्लेख रहेकोले पनि यसको ठुलो महत्व रहेको चैतन्य कृष्णले बताउनु भयो ।

स्याङ्जाको गल्याङ नगरपालिका १ र पाल्पाको रम्भा गाउँपालिका मिलेर आधुनिक अंग्रेजी गुरुकुल समेत सञ्चालनमा ल्याइएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो ।

उत्तरबाहिनीको विकासका लागि गाउँपालिका योजना बनाएर अघि बढेको बताउँदै अध्यक्ष भण्डारीले स्याङ्जा र पाल्पाको मात्रै नभएर समग्र देशकै विकासमा यो क्षेत्रले योगदान पुर्याउने भएकोले उत्तर गंगाको महत्वका बारेमा सबैलाई बुझाउनुपर्ने बताउनु भयो ।

कालीगण्डकी क्षेत्रमा एक सय आठ शिवलिङ्गका साथै मन्दिरसमेत निमार्ण गरिएको छ । योग साधनाका साथै प्राकृतिक चिकित्सालयको स्थापनासमेत गरिने योजना रहेको प्रतिष्ठानले जनाएको छ । कालीगण्डकी क्षेत्रको राम्रोसँग प्रचार प्रसार हुँदा धार्मिक पर्यटनका माध्यामबाट मुक्तिनाथ जाने भारतीय पर्यटकलाई समेत आर्कषण गर्न सकिने विश्वास गरिएको छ । (जनता समाचार डटकमबाट)

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP