स्याङ्जाका एक शिक्षक एक हप्तादेखि बेपत्ता ।
कालिगण्डकी : स्याङ्जामा एक शिक्षक एक हप्तादेखि बेपत्ता भएका छन्। कालिगण्डकी गाउँपालिका–४ बिर्घाका ५२ वर्षीय कुलानन्द पाण्डे यही साउन २२ गते बुधबार बिहानदेखि बेपत्ता भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताए। उनका अनुसार उनी कालिगण्डकी नदिमा डुबेर बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको छ।

स्वर्गीय आमाको श्राद्धको लागि एकछाकी बस्ने भन्दै पाण्डे सोही वडाको कालिगण्डकीस्थित अरुवाघाटमा नुहाउन गएका थिए। बिहानै गएका कुलानन्द साँझसम्म घर नफर्केपछि परिवार सहित स्थानीयले खोजी गर्दा उनी फेला नपरेको अध्यक्ष पाण्डेले बताए। यद्यपि उनले लगाएको कपडा, चप्पल र जल ल्याउन लगेको बोतलसमेत अरुवाघाटको किनारमा रहेको ढुंगामाथी फेला परेको छ। स्वास्थ्य अवस्था कमजोर रहेका उनी नुहाउने क्रममा नदीमा डुबेको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्। स्थानीय र प्रहरीले समेत खोजी गर्दा उनलाई फेला पार्न नसकेपछि पोखराबाट शसस्त्र प्रहरीको गोताखोर टोली समेत आएको थियो। गोताखोरको टोलीले खोजी गर्दापनि शिक्षक कुलानन्दको अवस्था पत्ता लाग्न नसकेको बिर्घा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खड्ग मल्लले बताए। गोताखोरको टोलीले अरुवाघाटदेखि रिडी, रानिघाट हुँदै बारीचौरसम्मको कालिगण्डकी नदिमा खोजेको थियो। स्थायी शिक्षक कुलानन्दले स्थानीय जनता आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका थिए। उनको अन्य ठाउँमा पनि खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । थाहाखवरबाट
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


