स्याङ्जाका एक शिक्षक एक हप्तादेखि बेपत्ता ।

कालिगण्डकी : स्याङ्जामा एक शिक्षक एक हप्तादेखि बेपत्ता भएका छन्। कालिगण्डकी गाउँपालिका–४ बिर्घाका ५२ वर्षीय कुलानन्द पाण्डे यही साउन २२ गते बुधबार बिहानदेखि बेपत्ता भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताए। उनका अनुसार उनी कालिगण्डकी नदिमा डुबेर बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको छ।

स्वर्गीय आमाको श्राद्धको लागि एकछाकी बस्ने भन्दै पाण्डे सोही वडाको कालिगण्डकीस्थित अरुवाघाटमा नुहाउन गएका थिए। बिहानै गएका कुलानन्द साँझसम्म घर नफर्केपछि परिवार सहित स्थानीयले खोजी गर्दा उनी फेला नपरेको अध्यक्ष पाण्डेले बताए। यद्यपि उनले लगाएको कपडा, चप्पल र जल ल्याउन लगेको बोतलसमेत अरुवाघाटको किनारमा रहेको ढुंगामाथी फेला परेको छ। स्वास्थ्य अवस्था कमजोर रहेका उनी नुहाउने क्रममा नदीमा डुबेको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्। स्थानीय र प्रहरीले समेत खोजी गर्दा उनलाई फेला पार्न नसकेपछि पोखराबाट शसस्त्र प्रहरीको गोताखोर टोली समेत आएको थियो। गोताखोरको टोलीले खोजी गर्दापनि शिक्षक कुलानन्दको अवस्था पत्ता लाग्न नसकेको बिर्घा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खड्ग मल्लले बताए। गोताखोरको टोलीले अरुवाघाटदेखि रिडी, रानिघाट हुँदै बारीचौरसम्मको कालिगण्डकी नदिमा खोजेको थियो। स्थायी शिक्षक कुलानन्दले स्थानीय जनता आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका थिए। उनको अन्य ठाउँमा पनि खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । थाहाखवरबाट
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…