कालीगण्डकी गाउँपालिकामा ई–गोभर्नेन्स, प्रविधिको प्रयोगले विश्व साघुरियो : मन्त्री अर्याल ।
रोशन लामिछाने /नारायण विश्वकर्मा :
भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले प्रविधिको प्रयोगले विश्व साघुरिएको बताउनु भएको छ । उहाँले प्रविधिको प्रयोगले विश्वमा के भैरहेको छ सबै थाहापाईएको बताउनु भयो ।
स्मार्ट कालिगण्डकी गाउँपालिकाको शुभारम्भ गर्दै मन्त्री अर्यालले प्रबिधि अहिलेको आवश्यकता रहेको स्पष्ट पार्नु भयो । सरकार परिवर्तनको अनुभुति बनाउने ढंगले अगाडि बढेको बताउदै मन्त्री अर्यालले प्रबिधिले बर्षौ सम्म चिठी कुरेर बस्ने दिन सकिएको धारणा राख्नुभयो । घरका सदस्य सगँ भेट नहुने अवस्थामा टाढा भएका सगँ एकै छिनमा भेटहुने जमाना अहिले आएको मन्त्री अर्यालको भनाई छ ।
बेथिति रहेको मालपोत र नापी पनि प्रबिधिले राम्रो सगँ अगाडी बढाएको बताउदै मन्त्री अर्यालले अहिले घरको सुत्ने बेडमा भेट हुने प्रबिधि आएको जानकारी दिनुभयो । उहाँले बिकासलाई हामीले पछ्याउन नसक्ने अवस्था आएको बताउदै मन्त्री अर्यालले सेवा प्रवाहलाई प्रबिधिले मात्र आधुनिकरणमा लाने बताउनु भयो ।
बसि बसि आफु मातहतका कार्यालयको नियन्त्रण र निर्देशन गर्ने अवस्थाको सृजना प्रबिधिले गरेको बताउदै मन्त्री अर्यालले पारदर्शी, सुसासन, छिटो छरितो, पेपर लेस, कम खर्चिलो हुने बताउनु भयो ।
प्रबिधिले नगदको निषेध गर्ने बैक कारोबार हुने अवस्था आएको बताउदै मन्त्री अर्यालले प्रबिधिले आर्थिक रुपमा समेत सवल बनाउने जिकिर गर्नु भयो । प्रबिधिको बिकास धेरै राम्रो भएको बताउदै मन्त्री अर्यालले अरुको देखासिको पनि गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा संविधान सभा सदस्य मुक्ती पाठक, नेकपा जिल्ला अध्यक्ष सुर्य प्रसाद गैरे लगायतले मन्तबय राखेका थिए ।
कालिगण्डकी गाउपालिकाका अध्यक्ष खिम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत गणेश खनाल र स्वागत उपाध्यक्ष सावित्रा कोईरालाले गर्नु भएको थियो ।
कालीगण्डकी गाउँपालिकामा ई–गोभर्नेन्स :
कालीगण्डकी गाउँपालिकामा शनिबार देखि ई–गोभर्नेन्स सफ्ट्वेर मार्फत काम गर्न सुरुवात गरिएको छ । गाउँपालिकाको सम्पुर्ण क्षेत्र भित्र हुने सवै काम कृयाकलापलाई पेपरलेस बनाउने उदेद्दश्य सहित सफ्ट्वेर मार्फत काम गर्न सुरुवात गरिएको हो ।
आर्थिक वर्ष २०७५÷७६ मा कार्यक्रम सञ्चालनका लागि १८ लाख रुपैयाँ विनियोजन गरेर वेव म्याक्स इन्जीजियरिङ प्राइभेट लिमिटेड काठमाण्डौलाई सफ्ट्वेर र मोवाइल एप्स निर्माणको जिम्मा दिईएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत गणेश प्रसाद खनालले जानकारी दिनुभयो । उहाँले प्रत्येक वडामा सफ्ट्वेर र मोवाईल एप्सको सफल परिक्षण सम्पन्न गरेर कार्यक्रमको औपचारीक सुरुवात गरिएको बताउनु भयो । खनालले गाउँपालिका भित्र हुने प्रशाशनिक, शिक्षा, स्वास्थ्य, सुरक्षा, जिन्सी लगाएतका कामको गतिविधिलाई पेपरलेस बनाउने र जनतालाई सरल तरिकाले सेवा प्रवाह गर्ने उद्देश्यले यस्तो योजना बनाएको बताउनु भयो । ‘गाँउपालिकाको विकास र समृद्धि डिजिटल मैत्री प्रविधि’ भन्ने नारा सहित शिक्षा, स्वास्थ्य र सुरक्षाका सम्वन्धमा सुझाव तथा निवेदन दिन, सम्वन्धीत स्थानमा धाउन नपर्ने गरी मोवाइल एप्स बनाइएको गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनुभयो । उहाँले गाउँपालिका भित्रका प्रत्येक विद्यालयका एक÷एक जना शिक्षक र कम्प्युटर अपरेटर, स्वास्थ्य इन्चार्ज, वडा सचिव गाउँपालिकाका कर्मचारी गरेर एक सय जनालाई ई–गोभर्नेन्स सफ्ट्वेर संचालन सम्वन्धी तालिम दिएर दक्ष बनाएको स्पष्ट पार्नु भयो ।
गाउपालिकाका अनुसार गाउँपालिका भित्रका प्रत्येक नागरिकले मोवाईलको प्ले स्टोरबाट कालीगण्डकी एप्स डाउनलोड गरि सम्वन्धीत विषयमा उजुरी तथा सुझाव दिन सक्नेछन ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
६ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…