वालिङमा सामुहिक कागती खेती शुरु, ३० हजार कागतीका विरुवा लगाईने ।

आँधीखोला खवर/वालिङ :
स्याङ्जाको वालिङमा सामुहिक रुपमा कागती लगाउन शुरु गरिएको छ । वालिङ नगरपालिकाको वडा नम्वर १२ र १४ मा थुमपोखरा साना कृषि सहकारी मार्फत कागती लगाउन शुरु गरिएको हो र दुई वडाका विभिन्न स्थानमा गरी कुल ३० हजार कागती लगाईने संस्थाका अध्यक्ष मोहन खनालले जानकारी दिनुभयो । स्थानीय तमादी ,ढिँकीडाँडा,गापडाडाँ गरी एक हजार रोपनीमा पहिलो चरणमा १५ हजार र दोस्रो चरणमा १५ हजार गरी कुल ३० हजार कागती लगाईने छ ।


२ करोड ५१ लाखको योजना रहेकोमा सहकारी बोर्डको ४९ लाख प्रदेशको २० लाख लगानी रहेको सहकारीले जनाएको छ त्यस्तै स्थानीय कृषकले प्रतिरोपनी ५ हजारका दरले योजनामा लगानी गरेकाछन् । दुई वडाका गरी ढेड सय घरधुरी आवद्ध रहेको योजनामा प्रदेश सरकारले १० लाखको प्रारङगारीक मल तथा औजार प्रदान गरेको भने १० लाख नगद प्रदान गर्नेछ । सुन कागतीले १ वर्षमै फल दिन शुरु गर्ने र प्रत्येक बोटमा ८ सयका दरले कागती फल्ने बताईएको छ । पहिलो चरणमा सामुहिक खेतिबाट १ सय २० टन कागती उत्पादन हुने लक्ष्य लिईएको छ ।
सामुहिक कागती खेतीको शुभारम्भ गर्दै भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सामुहिक कृषि प्रणालीले नै देशमा विकास र समृद्धि ल्याउन सकिने बताउनुभयो ।
सहकारी मार्फत सबैलाई आत्मनिर्भर बनाउने भन्दै सामुहिक प्रणाली नै फलदायी रहने मन्त्री अर्यालको दावी छ । कृषकलाई विक्रि हुदैन कि भनेर चिन्ता नलिन आग्रह गर्दै मन्त्री अर्यालले बजारको जिम्मा संघिय सरकारले लिने जानकारी गराउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापाले प्रदेश सरकारले सामुहिक खेतीलाई प्रोत्साहन गर्ने जानकारी दिनुभयो । उहाँले व्यवसायीक कृषिमा लागेका फार्म, समुहलाई सरकारले कृषि औजार लगायतका सामाग्री दिने जानकारी दिनुभयो । कार्यक्रममा सहकारी बोर्डका सदस्य सचिव चक्रबहादुर पराजुलीले सहकारी मार्फत नै जनताले फाईदा लिन सक्ने बताउनुभयो ।

Facebook Comments Box
TOP