जुवातासका प्रतिवादी जेलचलान ।
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
बागलुङ् जिल्ला अदालतले कैद सजाय सुनाएको फरार व्याक्तिलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । स्याङ्जाको साविक भाटखोला गाविस ८ हाल फेदीखोला गाँउपालिका ३ का ३९ बर्षिय खडानन्द सुवेदीलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको हो ।

२०७० साल फागुन ३ गते जिल्ला अदालत बागलुङ्ले ११ महिना २७ दिन कैद सजाय सुनाएको थियो । अदालतले कैद सजाय सुनाएपछि सुवेदी फरार रहदै आउनु भएको थियो । भदौ ९ गते खटिएको प्रहरी टोलीले पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा पेश गर्दा तोकिएको सजाय भुक्तानका लागि कारगार चलान गर्ने आदेश पछि सुवेदीलाई कारगार चलान गरिएको प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो । अदालतले कैद सजाय सुनाएर फरार रहदै आएका व्याक्तिहरुलाई जिल्ला प्रहरी स्याङ्जाले धमाधम पक्राउ गर्दै आएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


