जुवातासका प्रतिवादी जेलचलान ।
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
बागलुङ् जिल्ला अदालतले कैद सजाय सुनाएको फरार व्याक्तिलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । स्याङ्जाको साविक भाटखोला गाविस ८ हाल फेदीखोला गाँउपालिका ३ का ३९ बर्षिय खडानन्द सुवेदीलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको हो ।

२०७० साल फागुन ३ गते जिल्ला अदालत बागलुङ्ले ११ महिना २७ दिन कैद सजाय सुनाएको थियो । अदालतले कैद सजाय सुनाएपछि सुवेदी फरार रहदै आउनु भएको थियो । भदौ ९ गते खटिएको प्रहरी टोलीले पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा पेश गर्दा तोकिएको सजाय भुक्तानका लागि कारगार चलान गर्ने आदेश पछि सुवेदीलाई कारगार चलान गरिएको प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो । अदालतले कैद सजाय सुनाएर फरार रहदै आएका व्याक्तिहरुलाई जिल्ला प्रहरी स्याङ्जाले धमाधम पक्राउ गर्दै आएको छ ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


