वालिङ ४ मा जडीबुटी भण्डारण तथा प्रसोधन केन्द्रको स्थापना ।
एशिव शरण महत/वालिङ :
वालिङ नगरपालिका वडा नम्वर ४ मा जडीबुटी भण्डारण तथा प्रसोधन केन्द्रको स्थापना गरिएकोे छ । सोमबार पखेरेडाँडा सामुदायिक वन उपभोक्ता समुह वालिङ ४ रत्नेदोभानमा जडीबुटी भण्डारण तथा प्रशोधन केन्द्रको उद्दघाटन गरिएको हो ।

केन्द्रको उद्दघाटन गर्दै डिभिजन वन कार्यालय स्याङ्जाका डिभिजिनल अधिकृत कोमराज काफ्लेले केन्द्रको स्थापना पछि स्थानीयहरु वनमा समेत धन खोज्ने प्रयत्न गर्ने विश्वास व्यक्त गर्नुभयो । सामुदायिक वनमा रहेका विभिन्न जडीबुटीहरुलाई उपयोग गर्दै व्यवसायीक रुपमा लाग्नुपर्ने भन्दै निर्वाहमुखीले समृद्धि नल्याउने बताउनुभयो । साथै काफ्लेले जल, जंगल र जवानीको सही प्रयोग गर्न सकिएमा आर्थिक विकास गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा कार्यालयका योजना साखा प्रमुख अम्मरबहादुर पराजुली, डिभिजन वन कार्यालय वालिङका सहायक वन अधिकृत हिमलाल न्यौपाने, वालिङ नगरपालिकाका प्रशासन साखा अधिकृत डिल्लीराम चापागाँई, वडा नं ४ का अध्यक्ष रनध्वज गुरुङ, २ का अध्यक्ष पोतप्रसाद लम्साल, हिमाली माविका प्रधानाध्यापक खगेन्द्र ढुङ्गाना, वालिङ २ का नेकपा संयोजक धनश्याम काफ्ले, ४ का कागे्रस सभापति हरिकृष्ण गुरुङ, एलादी कृषि सहकारी संस्थाका अध्यक्ष लोकनाथ खनाल, प्रशोसन निर्माण समिति सदस्य चिरञ्जीवी काफ्लेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

पखेरेडाँडा सामुदायिक वनका अध्यक्ष रामप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत केन्द्र निर्माण समितिका सचिव कमल काफ्ले र सञ्चादन सामुदायिक वनका सचिव एवं केन्द्र निर्माण समितिका अध्यक्ष सुरेन्द्र क्षेत्रिले गर्नुभएको थियो । दुई कोठाको एक तले भवन डिभिजन वन कार्यालयको १० लाख ५० हजार र स्थानीयको श्रमदान २ लाख ६२ हजार ५ सय गरी १३ लाख १२ हजार ५ सयको लागतमा निर्माण सम्पन्न भएको हो ।
एक कोठामा जुडीबुटी भण्डारण र अर्काे कोठामा प्रशोधन गरिनेछ । प्रशोधनका लागि डिभिजन वन कार्यालयद्धारा मेसिन खरिदका लागि ५ लाख अनुदान प्रदान गरेको छ भने समुहको एक लाख ८ सय ९५ रुपैँया लगानी गरेका छन् । १० वर्षका लागि जग्गा भाडामा लिएर प्रशोधन केन्द्र बनाईएको हो । गत वर्ष १२ हजार बृक्षारोपण गरिएको छ भने जसमा दालचिनि, टिमुर र अमला लगायतका विरुवा रहेका छन् भने सामुदायिक वनमा ७ हेक्टरमा तेजपत्ता र दालचिनिले उत्पादन दिईरहेको छ । अहिले तेजपत्ता ५० रुपैँया प्रतिकिलो विक्रि भईरहेको स्थानीयले बताएका छन् ।
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


