तिलिचो तालवाट हिमदुत अनलाईन शुभारम्भ ।
आँधीखोला खवर :
स्मार्ट सिटी वालिङवाट सञ्चालनमा ल्याइएको हिमदुत अनलाईनको विहिबार औपचारिक शुभारम्भ गरिएको छ । विश्वको सवैभन्दा उच्च स्थानमा रहेको तिलिचो तालवाट वालिङका वरिष्ठ व्यापारी तथा वोलवम समितीका वरिष्ठ उपाध्यक्ष चन्द्रमान श्रेष्ठले हिमदुत डटकम अनलाईनको व्यानर अनावरण गरेपछि अैपचारिक रुपमा हिमदुत अनलाईनमा प्रत्यक्ष शुरु भएको हो ।

नेपाल भ्रमण वर्ष २०२० सफल पारौं भन्ने नाराका साथ वालिङवाट वोलवम समितीको सक्रियतामा गएको झण्डै ९० जनाको टोलीले निस्याङ गाँउपालिका वाड नं ९ तिलिचो तालमा पुगेर हिमदुतको व्यानर अनावरण गरेका हुन । हिमदुत हिमालको नाम संग जोडिएकोले हिमालको काखमा पुगेर शुभारम्भ गरिएको सन्चालक यामप्रसाद अधिकारी लक्ष्मणले वताउनु भयो ।
हिमदुतको उद्घाटन गर्दै श्रेष्ठले स्याङ्जावाट सन्चालित समाचारमुलक प्रस्तुती हिमदुतले नेपाली समाजको साच्चै दुत वन्न सकोस भन्ने शुभकामना व्यक्त गर्नु भयो । विद्युतिय संचारमाध्यमको रुपमा लिइएको यस अनलाईनको शुभारम्भ जिल्लाका यूवाहरुवाट गरिनु् अत्यन्तै सकारात्मक रहेको समितीका प्रवक्ता युवराज गौतमले जानकारी दिनुभयो ।
तिलिचो तालमा हिमदुत अनलाईन शुभारम्भ कार्यक्रम सन्चालक यामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन वालिङ जेसीजका अध्यक्ष राजु तिवारीले गर्नु भएको थियो ।
‘हिमदुत डटकम’ सन्चालनको उद्देश्य पत्रकारिताको माध्यमवाट समाजको विकास गर्नु रहेको बताईएको छ । नेपालको पिंक सिटीको रुपमा परिचित हाल देशमै नमुना नगरपालिकावाट सञ्चालन सुरु गरिएको यस अनलाईन संचार माध्यम वालिङ नगरपालिकाको लक्षलाई साकार पार्न निरन्तर पहल गर्ने अनलाईनका प्रधान सम्पादक प्रदिप कोइरालाले जानकारी दिनुभयो ।
हिमदुत जिल्लाका ५ जना यूवाहरुको सामुहिक लगानीमा स्थापना गरिएको छ । यसको निर्माण एलजिएम नेपालले गरेको छ भने आगामी दिनमा प्राविधिक सहयोग पनि सोही संस्थाले गर्ने सम्पादक कोईरालाले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


