गुल्मीका पहिरो पीडितलाई मगर समाजको आर्थिक सहयोग ।

आँधीखोला खवर/कालिगण्डकी :
गुल्मीका पहिरो पीडितलाई स्याङ्जाको कालिगण्डकी गाँउपालिकामा क्रियाशिल कोटाकोट मगर सेवा समाजले आर्थिक सहयोग गरेको छ । समाजको नेतृत्वमा संकलन गरिएको ४४ हजार ४ सय ८० रुपैया नगद पहिरो पीडितलाई हस्तान्तरण गरिएको समाजसेवी एवं राष्ट्रिय जनमुक्ती पार्टीका नेता बम लामिछाने मगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो पीडामा परेका नेपालीहरुलाई सहयोग गर्नु आफूहरुको दायित्व सम्झेर राहत संकलन गरेका हौं ।
उहाँले राहत रकम सत्यवती गाँउपालिकाका अध्यक्ष पारेश्वर ढकाललाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
गुल्मीको सत्यवती गाउँपालिकाको ठुलो लुम्पेकमा गएको पहिरोले धनजनको क्षती भएको थियो भने स्थानीय घरबार विहन भएका थिए ।

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


