गुल्मीका पहिरो पीडितलाई मगर समाजको आर्थिक सहयोग ।


आँधीखोला खवर/कालिगण्डकी :
गुल्मीका पहिरो पीडितलाई स्याङ्जाको कालिगण्डकी गाँउपालिकामा क्रियाशिल कोटाकोट मगर सेवा समाजले आर्थिक सहयोग गरेको छ । समाजको नेतृत्वमा संकलन गरिएको ४४ हजार ४ सय ८० रुपैया नगद पहिरो पीडितलाई हस्तान्तरण गरिएको समाजसेवी एवं राष्ट्रिय जनमुक्ती पार्टीका नेता बम लामिछाने मगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो पीडामा परेका नेपालीहरुलाई सहयोग गर्नु आफूहरुको दायित्व सम्झेर राहत संकलन गरेका हौं ।
उहाँले राहत रकम सत्यवती गाँउपालिकाका अध्यक्ष पारेश्वर ढकाललाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
गुल्मीको सत्यवती गाउँपालिकाको ठुलो लुम्पेकमा गएको पहिरोले धनजनको क्षती भएको थियो भने स्थानीय घरबार विहन भएका थिए ।

समाचार
थप सामाग्री
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
६ दिन अगाडि
वालिङ : स्याङ्जाको सबैभन्दा ठूलो सहकारी संस्था उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा तथा नवौं…