सुनको भाउ फेरि बढ्याे: तोलाको ७१ हजार
काठमाण्डाै – सुनको भाउ आज मंगलबार तोलाको ७१ हजार रुपैयाँ पुगेको छ ।
मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
गएको बिहीबारदेखि तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेको हो । सुनको भाउ महँगो भएपछि कारोबार ठप्पजस्तै भएको व्यवसायीले बताएका छन् । पोहोर यो बेलामा दैनिक ५० किलोभन्दा धेरै माग हुने गरेको सुन अहिले दैनिक ५ किलो पनि माग हुन छाडेको उनीहरुको भनाइ छ ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटबढ भैरहेका कारण नेपालमा पनि भाउ बढिरहेको संयोजक शाक्यले बताउनुभयो ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


