सुन प्रतितोला ७० हजार, व्यापार पनि कम ।
सामान्यतयाः साउनमा सुनको मूल्य घट्ने गर्छ । किनकी यो विवाह, ब्रतबन्धको महिना होइन । तर पछिल्लो एक हप्तामा सुनको मूल्य बढ्नेक्रम हेर्दा लाग्छ, साउन महिना सुनको मूल्य घट्ने नभएर बढ्ने महिना हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार विश्वकर्मा साउनमा सुनको मूल्य घट्छ भन्ने नेपाली सोच भएको बताउँछन् । “साउनमा विवाह, ब्रतबन्धको लगन नहुने भएकाले सुनको मूल्य घट्छ भन्ने नेपाली सोच छ तर यथार्थ त्यस्तो होइन,” उनले भने ।
नेपालमा दैनिक २० किलो सुन खपत हुने गरेको छ भने मुख्य सिजनमा यो परिमाण ४० किलोसम्म पुग्छ ।
मूूल्य वृद्धि भएसँगै सुनको कारोबार कमजोर अवस्थामा रहेको विश्वकर्माले जानकारी दिए । अहिले दैनिक करिब १० किलोको हाराहारीमा मात्र सुन खपत भएको छ ।
पछिल्लो एक हप्तामा सुनको मूल्य ह्वात्तै बढेको छ । बढ्ने क्रम जारी छ । बुधबार सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँ थियो भने बिहीबार (आज) ५ सय बढेर ७० हजार रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अध्यक्ष विश्वकर्माले पछिल्लो समय अमेरिका र चीनबीचको व्यापार युद्धको असर, इराक र अमेरीकाबीचको द्वन्द्व, आन्तरिक प्रतिस्पर्धा तथा विश्व बजारमा सेयर बजार कमजोर भएका कारण सुनको मूल्य बढेको बताए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


