सुन प्रतितोला ७० हजार, व्यापार पनि कम ।
सामान्यतयाः साउनमा सुनको मूल्य घट्ने गर्छ । किनकी यो विवाह, ब्रतबन्धको महिना होइन । तर पछिल्लो एक हप्तामा सुनको मूल्य बढ्नेक्रम हेर्दा लाग्छ, साउन महिना सुनको मूल्य घट्ने नभएर बढ्ने महिना हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार विश्वकर्मा साउनमा सुनको मूल्य घट्छ भन्ने नेपाली सोच भएको बताउँछन् । “साउनमा विवाह, ब्रतबन्धको लगन नहुने भएकाले सुनको मूल्य घट्छ भन्ने नेपाली सोच छ तर यथार्थ त्यस्तो होइन,” उनले भने ।
नेपालमा दैनिक २० किलो सुन खपत हुने गरेको छ भने मुख्य सिजनमा यो परिमाण ४० किलोसम्म पुग्छ ।
मूूल्य वृद्धि भएसँगै सुनको कारोबार कमजोर अवस्थामा रहेको विश्वकर्माले जानकारी दिए । अहिले दैनिक करिब १० किलोको हाराहारीमा मात्र सुन खपत भएको छ ।
पछिल्लो एक हप्तामा सुनको मूल्य ह्वात्तै बढेको छ । बढ्ने क्रम जारी छ । बुधबार सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँ थियो भने बिहीबार (आज) ५ सय बढेर ७० हजार रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अध्यक्ष विश्वकर्माले पछिल्लो समय अमेरिका र चीनबीचको व्यापार युद्धको असर, इराक र अमेरीकाबीचको द्वन्द्व, आन्तरिक प्रतिस्पर्धा तथा विश्व बजारमा सेयर बजार कमजोर भएका कारण सुनको मूल्य बढेको बताए ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


