गरिमा विकास बैंकको व्यवसायमा छलाङ : निक्षेप ५६.१२% ले बढ्दा कर्जा वृद्धिदर कति ?

बैंकिङ खबर । गरिमा विकास बैंक लिमटेडले गत आर्थिक वर्षमा ५९ करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २६.३२ प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो वर्ष गरिमाको नाफा ४६ करोड ८८ लाख रुपैयाँ थियो ।

चुक्ता पुँजी दुई अर्ब ७८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५९ करोड रुपैयाँ रहेको छ । बैंकको खुद व्याज आम्दानी एक अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८५ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । असार मसान्तसम्ममा बैंकले ३३ अर्ब १३ करोड निक्षेप संकलन गरेर २८ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप संकलन ५६.१२ र कर्जा प्रवाह ५१.६७ प्रतिशतले बढेको हो ।

गरिमाको प्रतिसेयर आम्दानी २१.२४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३५.४६ पैसा छ । बैंकको सेयर मूल्य प्रतिकित्ता २२४ रूपैयाँ छ । बैंकको खराब कर्जा ०.२० प्रतिशत र सीडी रेसियो ७७.९१ प्रतिशत रहेको छ । बेसरेट भने बैंकको ११.०९ प्रतिशत रहेको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP