गरिमा विकास बैंकको व्यवसायमा छलाङ : निक्षेप ५६.१२% ले बढ्दा कर्जा वृद्धिदर कति ?
बैंकिङ खबर । गरिमा विकास बैंक लिमटेडले गत आर्थिक वर्षमा ५९ करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २६.३२ प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो वर्ष गरिमाको नाफा ४६ करोड ८८ लाख रुपैयाँ थियो ।
चुक्ता पुँजी दुई अर्ब ७८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५९ करोड रुपैयाँ रहेको छ । बैंकको खुद व्याज आम्दानी एक अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८५ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । असार मसान्तसम्ममा बैंकले ३३ अर्ब १३ करोड निक्षेप संकलन गरेर २८ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप संकलन ५६.१२ र कर्जा प्रवाह ५१.६७ प्रतिशतले बढेको हो ।
गरिमाको प्रतिसेयर आम्दानी २१.२४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३५.४६ पैसा छ । बैंकको सेयर मूल्य प्रतिकित्ता २२४ रूपैयाँ छ । बैंकको खराब कर्जा ०.२० प्रतिशत र सीडी रेसियो ७७.९१ प्रतिशत रहेको छ । बेसरेट भने बैंकको ११.०९ प्रतिशत रहेको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


