डोजरले खन्ने क्रममा ढुङ्गाले लागेर ज्यान गुमाएका रानाको परिवारलाई आर्थिक सहयोग ।

नारायण विश्वकर्मा/गल्याङ
डोजर बाटो खन्ने क्रममा ढुङ्गाले लागेर ज्यान गुमाएका गल्याङ नगरपालिका वडा नम्बर पाँचका प्रेमबहादुर रानाको परिवारलाई गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले सहयोग गर्नुभएको छ ।
गल्याङ नगरपालिका वडा नम्बर ५ मा डोजरले बाटो खन्ने क्रममा दुर्घटनामा परी मृत्यु भएका प्रेमबहादुर रानाको परिवारलाई क्रिया खर्च बापत नगरप्रमुख अधिकारीले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

गल्याङ नगरपालिका प्रमुख अधिकारीले मृतकका जेठान कुलबहादुर थापालाई रकम हस्तान्तरण गर्नुभयो । उहाँले क्रिया खर्चमा केही सहयोग पुगोस भन्ने उद्देश्यले रकम हस्तान्तरण गरेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले कार्यपालिका बैठक बसेर थप सहयोग गर्ने बताउनुभयो । राहत रकम बुझ्दै मृतकका जेठान कुलबहादुर थापाले पिडाको समयमा थोरै भए पनि सहयोग भएकोमा राहत मिलेको बताउनुभयो । उहाँले प्रक्रिया पुरा गरी थप राहत रकम प्राप्त हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
गएको शुक्रबार राती डोजरले बाटो खन्ने क्रममा गल्याङ नगरपालिका ५ पाँचबाठामा डुङ्गाले लागेर स्थानीय प्रेमबहादुर रानाको मृत्यु भएको थियो ।
समाचार
थप सामाग्री
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
६ दिन अगाडि
वालिङ : स्याङ्जाको सबैभन्दा ठूलो सहकारी संस्था उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा तथा नवौं…