गल्याङमा अपाङ्गता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न ।
टिकाराम अधिकारी/गल्याङ :
स्याङ्जाको गल्याङमा अपाङ्गता सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तालिममा अपाङ्ग समाज स्याङ्जाका अध्यक्ष युवराज पराजुलीले अपाङ्गता भएका व्यक्तिहरुले पनि विभिन्न कामहरु गर्न सक्ने स्पष्ट पार्नुभयो । उहाँले समाजमा सचेतना कार्यक्रम गर्न जरुरी रहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरुलाई समान व्यवहार अझै पनि हुन नसकेको भन्दै दुखेसो गर्नु भयो । पराजुलीले अपाङ्गता भएका व्यक्तिहरु र तिनीहरुका अभिभावकको उपस्थितिमा सचेतना कार्यक्रम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले स्याङ्जाका सरकारी तथा अन्य कार्यालयहरु अपाङ्गमैत्री नभएको गुनासो गर्दै सबै भवनहरुलाई अपाङ्गमैत्री बनाउन सम्बन्धीत निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले अपाङ्गता सम्बन्धि संस्था तथा कार्यालयमा अपाङ्गता भएका व्यक्तिहरु भएमा मात्रै काम गर्न तथा सुनुवाई हुन सहज हुने बताउनुभयो ।
तालिममा अपाङ्ग समाज स्याङ्जाका सचिव राम शर्मा पोखरेलले अपाङ्गताका किसिमका बारेमा स्पष्ट पार्दै अपाङ्गता भएका व्यक्तिहरुले पाउने अधिकारका बारेमा पनि जानकारी गराउनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाको महिला तथा बालबालिका विकासकी परिचालक शान्ति वस्तीले अपाङ्गता भएका व्यक्तिहरुको निरिक्षण गर्ने गरिएको बताउनुभयो । उहाँले अपाङ्गता परिचय पत्र लिनु अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको कुरा भएको भन्दै अधिकारको सदुपयोग गर्न आग्रह गर्नुभयो । तर सामाजिक सुरक्षाको नाममा परिचयपत्रका लागि मात्रै नलाग्न अनुरोध गर्नुभयो ।
गल्याङ नगरपालिकाका अपाङ्ग सञ्जालका अध्यक्ष यमलाल पाण्डेले हरेक वडामा अपाङ्गता सञ्जाल गठन गरी प्रतिबेदन बुझाउन कार्यसमितिका सदस्यहरुलाई आग्रह गर्नुभयो । आफुले पाउने सेवा सुविधाबारे जानकारी लिई सेवा सुविधा लिन पनि उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका भित्र अपाङ्गता भएका व्यक्तिहरुको सञ्जालको पुनर्गठन पनि गरिएको छ । पुनर्गठित सञ्जालको अध्यक्षमा यमलाल पाण्डे, उपाध्यक्षमा नारायण प्रसाद भण्डारी तथा सचिवमा रमेश सारु चयन हुनुभएको छ । यस्तै, सह सचिवमा दिना भण्डारी, कोषाध्यक्षमा रिमलाल श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा यसअघिको कार्यसमिति सदस्यहरुलाई नै चयन गरिएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


