न्युनतम पारिश्रमिकको नीति अक्षरस कार्यान्वयन गर्न पत्रकारहरुको माग ।
आँधीखोला खवर/वालिङ :
स्याङ्जाका पत्रकारहरुले न्युनतम पारिश्रमिक अक्षरस कार्यान्वयन हुन नसकेको बताएकाछन् । उनीहरुले सञ्चार माध्यमले यो नीति कार्यान्वयन गर्न चासो नै नदिएको बताएकाहुन् । न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज वालिङमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने पत्रकारहरुले राज्य पक्षबाट पनि आवश्यक सहयोग भएमा मात्रै न्युनतम पारिश्रमिकको नीति कार्यान्वयनमा सहज हुने धारणा राखे ।

कार्यक्रममा समितिका अध्यक्ष गंगाधर पराजुलीले नीतिका विविध पक्ष तथा हाल सम्मका उपलब्धीका बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पुण्य पौडेलले पत्रकारका भुमिका र अधिकारका बारेमा बोल्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शुशील सुवेदी र स्वागत उपाध्यक्ष भवानी अधिकारीले गर्नु भएको थियो ।

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


