कांग्रेस सभापति देउवाद्धारा छाङछाङदी शीव मन्दीरमा पुजापाठ ।
रोशन लामिछाने/स्याङ्जा : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्याङजामा रहेको प्रसिद्ध छाङ्छाङ्दी छायाक्षेत्र शीव मन्दिरमा पुजा अर्चना गर्नु भएको छ । स्वर्गीय कमल प्रसाद पंगेनीको स्मृति सभामा स्याङजा आउनु भएका सभापति देउवाले छाँयाक्षेत्र मन्दिरको दर्शन तथा पुजा गर्नु भएको हो ।

ठुलो संख्यामा पार्टीका नेता तथा कार्यकर्ता सहित मन्दिर पुग्नु भएको थियो । साउन १ गतेबाट शुरु भएको महायज्ञमा समेत केही बेर सहभागी भएर देउवा पोखरा तर्फ फर्कनु भएको हो ।

मन्दिर दर्शन कार्यक्रममा सभापति देउवा सगै पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व मन्त्रि तथा केन्द्रिय सदस्य गगन थापा र युवा नेता धनराज गुरुङ लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

स्याङ्जा सदरमुकामबाट करिब १८ किलोमिटर दक्षिण सिद्धार्थ राजमार्गको छेउमै छाङ्छाङ्दी पर्दछ । स्वस्थानी व्रतकथामा आधारित सतीदेवीको अन्तिम अङ्ग पतन भएको स्थलले यो स्थान चर्चित छ ।
छायाक्षेत्रको नामले समेत परिचित यस पवित्र स्थलमा भीरमा बनेको मन्दिर र शीतल वातावरणसगै गाईको मुखजस्तै देखिने धाराबाट आउने जल आकर्षणको केन्द्रबिन्दु मानिन्छ । सिद्धार्थ राजमार्गको ओहोरदोहोर गर्ने जो कोहि पनि यस स्थानको दर्शन गर्ने गर्दछन् ।

समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


