कांग्रेस सभापति देउवाद्धारा छाङछाङदी शीव मन्दीरमा पुजापाठ ।

रोशन लामिछाने/स्याङ्जा : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्याङजामा रहेको प्रसिद्ध छाङ्छाङ्दी छायाक्षेत्र शीव मन्दिरमा पुजा अर्चना गर्नु भएको छ । स्वर्गीय कमल प्रसाद पंगेनीको स्मृति सभामा स्याङजा आउनु भएका सभापति देउवाले छाँयाक्षेत्र मन्दिरको दर्शन तथा पुजा गर्नु भएको हो ।

ठुलो संख्यामा पार्टीका नेता तथा कार्यकर्ता सहित मन्दिर पुग्नु भएको थियो । साउन १ गतेबाट शुरु भएको महायज्ञमा समेत केही बेर सहभागी भएर देउवा पोखरा तर्फ फर्कनु भएको हो ।

मन्दिर दर्शन कार्यक्रममा सभापति देउवा सगै पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व मन्त्रि तथा केन्द्रिय सदस्य गगन थापा र युवा नेता धनराज गुरुङ लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

स्याङ्जा सदरमुकामबाट करिब १८ किलोमिटर दक्षिण सिद्धार्थ राजमार्गको छेउमै छाङ्छाङ्दी पर्दछ । स्वस्थानी व्रतकथामा आधारित सतीदेवीको अन्तिम अङ्ग पतन भएको स्थलले यो स्थान चर्चित छ ।
छायाक्षेत्रको नामले समेत परिचित यस पवित्र स्थलमा भीरमा बनेको मन्दिर र शीतल वातावरणसगै गाईको मुखजस्तै देखिने धाराबाट आउने जल आकर्षणको केन्द्रबिन्दु मानिन्छ । सिद्धार्थ राजमार्गको ओहोरदोहोर गर्ने जो कोहि पनि यस स्थानको दर्शन गर्ने गर्दछन् ।

समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…