स्याङ्जामा माछा मार्ने क्रममा २ को मृत्यु ।

रोशन लामिछाने/स्याङ्जा :

स्याङजाको विभिन्न स्थानमा माछा मार्ने क्रममा दुई जनाको ज्यान गएको छ । माछा मार्ने क्रममा मृत्यु हुनेमा फेदीखोला गाउपालिका–२, कुखुरे खोलाका ६२ वर्षीय पूर्णबहादुर खड्का र पुतलीबजार नगरपालिका–१०, राङखोला बस्ने ४२ वर्षीय मनबहादुर थापा रहेको प्रहरीले जनाएको छ । खड्काको कुखुरे खोलामा जाल हान्ने क्रममा चिप्लीएर मृत्यु भएको र थापाको माछा मारेर खोला तर्ने क्रममा खोलाले बगाउदा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो । मृतक खड्का र थापाको पोष्टमार्टमको लागि जिल्ला अस्पताल स्याङजामा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक भण्डारीले जानकारी दिनुभयो । खड्काको घर अगाडि रहेको कुखुरे खोलामा र थापाको पुतलीबजार नगरपालिका ११ र १३ को सिमानामा रहेको गैरिजागर स्थित अाँधिखोलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP