समृद्ध मुलुक निर्माणको आधार युवाहरु हुन : नगर प्रमुख गिरी ।
स्याङ्जा । चापाकोट नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरीले देशको समृद्धीको आधार युवाहरु भएको बताएका छन् । गल्याङ् नगरपालिका वडा नं २ मा क्रीयाशिल सनराईज युथ क्लवले आयोजना गरेको जिल्ला ब्यापि खुल्ला क्रिकेट प्रतियोगिता खेलको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीले समृद्ध मुलुक निर्माणका लागि गफ गरेर मात्र नहुने र सपना देखेर मात्र नहुने बताउदै समृद्धीका लागि विदेशिएका आम युवाहरुलाई स्वदेशमै केही गर्ने वाताबरण सिर्जना गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

गत श्रावण ११ गते देखि सञ्चालित उक्त प्रतियोगिताको समापन गर्दै गिरिले क्रिकेट खेल खेलले मनोरञ्जन मात्र नभई स्वस्थ रहन समेत मद्त गर्ने सार्थै क्रिकेट खेलले राष्टको गौरव बढाउने काम गरिरहेको हुदा यस खेलको बढावामा आफु लागिपर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।
एक हप्ता सम्म सञ्चालित उक्त प्रतियोगितामा रक ईलाभेन क्लवले उपाधि हात पार्यो भने आयोजक सनराईज युथ क्लव उपविजेता भएको थियो । फाइनल खेलमा आयोजक सनराईज युथ क्लवले दिएको ५६ रनको लक्ष्य रक ईलाभेन क्लवले ७ ओवरमै हासिल गरेको थियो ।

कार्यक्रममा जिविस स्याङ्जाका पुर्व उपसभापति लालगोपाल अर्याल, नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि गुरु प्रसाद भट्टराई, महाधिबेशन प्रतिनिधी महेन्द्र श्रेष्ठ लगाएतले क्रिकेट खेलको महत्व रहेको र आयोजकले यस्ता खालका कार्यक्रम गरिराख्नु पर्ने कुरामा जोड दिएका थिए ।
क्लवका अध्यक्ष सुमित गुरुको सभापतित्वमा र संस्थापक अध्यक्ष शिव श्रेष्ठको स्वागत संगै सुरु भएको कार्यक्रमको सञ्चालन खगेन्द्र भण्डारीले गरेका थिए ।
प्रतियोगितामा विजेता र उपविजेता टिमले क्रमशः रु ३० हजार , रु १५ हजार तथा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको सनराइज युथ क्लवका सचिव अमृत भण्डारीले जाकारी दिएका छन्


समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


