कांग्रेसले गोला प्रथाबाट चुन्ने भयो अन्तरिम नेतृत्व ।
काठमाडौं । नेपाली कांग्रेसले सहमतिकै आधारमा भदौ २० भित्र अन्तरिम संरचना बनाइसक्ने भएको छ ।
आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अन्तरिम संरचना निर्माणबारे निर्देशिका पारित गरेको छ । यसअनुसार अन्तरिम संरचना निर्माणका क्रममा कतै पनि चुनाव हुने छैन, बरु गोला प्रथाबाट नेतृत्व चयन हुनेछ ।
पार्टीलाई संघीय ढाँचामा लैजानका लागि कांग्रेसले संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय समिति, प्रदेश निर्वाचन क्षेत्रीय समिति, स्थानीय तह र वडा तहमा अन्तरिम संरचना बनाउनुपर्छ । क्षेत्रीय सभापति चयन गर्दा यदि १३ औं महाधिवेशनबाट चुनिएका एक जना मात्र क्षेत्रीय सभापति छन् भने उनी स्वतः सभापति हुनेछन् । यदि दुई वा सो भन्दा बढी क्षेत्रीय सभापति छन् भने कार्यकालको वरिष्ठताका आधारमा चयन हुनेछ ।
कार्यकाल बराबर भए क्षेत्रीय प्रतिनिधि संख्या र त्यो पनि बराबर भए क्रियाशील सदस्य संख्याका आधारमा चयन गरिनेछ । यो पनि बराबर भए गोला प्रथा हुनेछ ।
स्थानीय तहको प्रमुख, केन्द्रका आधारमा छनोट हुनेछ । जुन स्थानमा केन्द्र छ, त्यही तत्कालीन गाविस वा नगरपालिकाका प्रमुख अन्तरिम संरचनाको प्रमुख हुनेछ ।
यसैगरी वडाको हकमा पुरानो गाविस, जेष्ठताका आधारमा अन्तरिम संरचनाको प्रमुख चुनिनेछ । ‘अन्तरिम संरचनाहरु सहमतिकै आधारमा बन्ने भएको छ’ केन्द्रीय सदस्य महेन्द्र यादवले भने, ‘२० भदौसम्म अन्तरिम संरचना बनिसक्छ । २४ भदौबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु हुन्छ ।’
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


