स्याङ्जमा समुदायमा प्रहरी कार्यक्रम प्रभावकारि बन्दै ।
भवानी अधिकारी/स्याङ्जा :
स्याङ्जामा समुदायमा प्रहरी कार्यक्रम प्रभावकारि देखिएको छ । समुदायसंग हातेमालो गर्दै प्रहरीले सामाजिक कार्यमा सफलता प्राप्त गरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बुधवार आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रमको समिक्षा बैठकमा सो कुराको जानकारी गराइएको हो । बैठकमा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगर प्रमुख सीमा क्षेत्री, प्रहरी उपरीक्षक राजकुमार लम्साल लगायत बिभिन्न सामाजिक संघ संस्थाका प्रमुखहरुको सहभागिता थियो ।

बैठकमा सहसंयोजक एवं जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले साउन ८ देखि भदौ १० सम्म जिल्लामा भए गरेका काम कारवाहीका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमलाई जिल्लाभार संचालन गरी अझै प्रभावकारी बनाउन ५ वटा निर्णय पनि भएका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रमहरूलाई अझै प्रभावकारी रूपमा जिल्लाभर संचालन गर्ने, पालिका एवं वडा समितिहरूले प्रत्येक महिना एउटा बैठक अनिवार्य गर्नु पर्ने, टोल र विद्यालय सम्पर्क समितिको बैठक त्रैमासिक रूपमा बस्नु पर्ने निर्णय भएका हुन ।
यसैगरी, समाजिक विकृति विसंगतिहरूलाई हटाउदै करेन्ट लगाएर, विष हालेर , विष्फोटक पदार्थ पड्काएर माछा मार्ने अवैध कार्यलाई हुन नदिने तर्फ विशेष कार्यक्रमहरू संचालन गर्ने र डेंगु रोग नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रमहरूलाई पनि समावेश गर्ने निर्णय भएका हुन ।
प्रमुख जिल्ला अधिकारी एवं समुदाय प्रहरी जिल्ला समितिका संयोजक कोशहरी निरौलाको अध्यक्षतामा बसेको बैठकमा प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


