अन्तराष्ट्रिय युवा दिवस : चापाकोटमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान् गरियो ।
माधव भट्टराई/चापाकोट :
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा चापाकोटमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान् गरिएको छ । नगरपालिकाको आयोजनामा चापाकोटका कक्षा ८, १० र पलस् टु मा उत्कृट अंक ल्याएका विद्यार्थीलाई सम्मान् गरिएको हो ।
कार्यक्रममा बोल्दै चापाकोट नगरपालिकाका नगर प्रमुख शिवकुमार गिरीले समृद्ध नेपाल निर्माणका लागि असल शिक्षा लिनुु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो सही र उत्कृष्ट शिक्षाले मात्रै नेपालको प्रगती हुन सक्दछ ।

कार्यक्रममा नगर प्रवक्ता टिकाराम तिवारी, जिल्ला समन्वय समितीका सदस्य विष्णू आचार्य, वडा अध्यक्ष नवराज श्रेष्ठ, चापाकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत मोहन श्रेष्ठ, शिक्षा प्रमुख हुकुम सिंह गुरुङ, कार्यपालिका सदस्य सूर्य माझी, लगायतले यूवा शक्ति र देशको विकासका वारेमा आफ्नो धारणा राखेका थिए ।
नगरपालिकाका सूचना अधिकृत बिन्दु कोइरालाले सन्चालन गरेको कार्यक्रम नगर प्रमुख शिवकुमार गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


