गल्याङलाई शैक्षिक नमुना नगरको रुपमा अगाडि वढाउदैछौ : नगर प्रमुख अधिकारी ।

आँधीखोला खवर/गल्याङ :
गल्याङ नगरपालिकाका नगर प्रमुख भूपराज अधिकारीले गल्याङ नगरपालिकालाई शैक्षिक नमुना नगरको रुपमा अगाडि वढाउने योजना रहेको बताउनु भएको छ ।
गल्याङ—८ मा रहेको चण्डिका आधारभूत विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अधिकारीले गल्याङ्लाई शिक्षामा नमुना बनाएर अगाडि लैजान आफूहरु लागि परेको बताउनु भएको हो ।


दतिल वस्तीको विद्यालयले एकाएक सूचना प्रविधि र प्राविधिक शिक्षा तर्फ खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै विद्यालयलाई धन्यवाद समेत दिनुभयो । उहाँले भन्नु भयो, “गल्याङ नगरपालिकामा समय सापेक्ष र प्रविधिमैत्री शिक्षा सञ्चालन गर्न नगरपालिका प्रतिवद्ध छ ” ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं ८ का वडा अध्यक्ष भेक प्रसाद श्रेष्ठले वडाभित्रको विकास निर्माण अभियानमा आफूले सधै प्रभावकारी भूमिका निर्वाह गरिरहेको भन्दै विकास निर्माण अभियानमा सवै मिलेर अगाडि वढ्न आवश्यक भएको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा गल्याङ नगर शिक्षा समितिका सदस्य राजेन्द्रदेव खनाल, गल्याङ बहुमुखी क्याम्पस प्रध्यापक संघका सभापति ऋषिराम भण्डारी, गल्याङ नगरकार्यपालिका सदस्य शेर बहादुर नेपाली, समाजसेवी प्रकाश श्रेष्ठ, झिम बहादुर थापा लगाएतले बोलेका थिए ।
कार्यक्रममा वालिङ नगरपालिका वडा नं १० निवासी प्रकाश श्रेष्ठले विद्यलायका लागि ६० वटा टिसर्ट उपलब्ध गराउनु भएके थियो त्यस्तै पत्रकार टिकाराम अधिकारीले आफ्नो जन्म दिनको अवसरमा दलित बस्तीमा रहको विद्यालयमा अध्ययन गर्ने विद्यार्थी शैक्षिक सामग्रीको अभावमा शैक्षिक क्रियाकलापमा सहजता होस भन्नका लागि जेहेन्दार गरिवहरुका लागि ५ हजारको शैक्षिक सामग्री वितरण गर्नु भएको थियो ।


जन्म दिनका अवसरमा ठूला ठूला बार रेष्टुरेण्टमा गएर गरिने खर्चलाई सहि ठाउँमा लगाउनु पर्छ भन्दै पत्रकार अधिकारीले भन्नुभयो, “हामी पत्रकारहरुको भूमिका रहेने बताउदै समाजका माग र आवश्यकतालाई मध्यनजर गरेर अगाडि वढ्नु पर्ने बताउनु भयो । ”
विद्यालयका प्रअ विष्णु कुमारी श्रेष्ठले विद्यालयको शैक्षिक भौतिक तथा आर्थिक प्रगती प्रतिवेदन पेश गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्वण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका शिक्षिका सरिता सुबेदीले र कार्यक्रमको सञ्चालन शिक्षक टिकाराम अधिकारीले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP