ग्लोबल टी–२० क्रिकेट: साेमपाल रहेकाे विनिपेग हक्स क्वालिफायर्समा, सन्दीप आवद्ध टिम बाहिरियाे ।

क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट प्रतियोगिताको इलिमिनेटर खेलमा सन्दीप लामिछाने संलग्न टिम टोरन्टो नेशनल्स सोमपाल कामी रहेको विनिपेग हक्ससँग २ रनले पराजित भएको छ ।बिहीआार हारपछि सन्दीपको टिम प्रतियोगिताबाट बाहिरिएको छ भने सोमपालको टिम क्वालिफायर्समा पुगेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टोले २० ओभरमा ५ विकेट गुमाउँदै दुई सय ३८ रन बनायो । जवाफमा पर्याप्त लाइट नभएपछि हक्सले टोरन्टोलाई डीएल प्रणालीबाट २ रनले पराजित गर्दै क्वालिफायर्समा पुग्न सफल भयो । यस्तै सन्नी सोहेललाई सन्दीपले ३६ रनमा पेभेलियनको बाटो देखाए । अन्तिममा जेपी डुमिनी र रयाद एम्रित क्रिजमा हुँदा पर्याप्त लाइट नभएपछि खेल रोकियो । जसका कारण डीएल प्रणालीमा सन्दीप आवद्ध टिम दुई रनले पराजित भयो ।
डीएल प्रणाली अनुसार हक्सले एक सय ९९ रनको नयाँ लक्ष्य पाएको थियो । जसमा हक्सले दुई सय एक रन बनाइसकेको थियो ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…