ग्लोबल टी–२० क्रिकेट: साेमपाल रहेकाे विनिपेग हक्स क्वालिफायर्समा, सन्दीप आवद्ध टिम बाहिरियाे ।
क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट प्रतियोगिताको इलिमिनेटर खेलमा सन्दीप लामिछाने संलग्न टिम टोरन्टो नेशनल्स सोमपाल कामी रहेको विनिपेग हक्ससँग २ रनले पराजित भएको छ ।बिहीआार हारपछि सन्दीपको टिम प्रतियोगिताबाट बाहिरिएको छ भने सोमपालको टिम क्वालिफायर्समा पुगेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टोले २० ओभरमा ५ विकेट गुमाउँदै दुई सय ३८ रन बनायो । जवाफमा पर्याप्त लाइट नभएपछि हक्सले टोरन्टोलाई डीएल प्रणालीबाट २ रनले पराजित गर्दै क्वालिफायर्समा पुग्न सफल भयो । यस्तै सन्नी सोहेललाई सन्दीपले ३६ रनमा पेभेलियनको बाटो देखाए । अन्तिममा जेपी डुमिनी र रयाद एम्रित क्रिजमा हुँदा पर्याप्त लाइट नभएपछि खेल रोकियो । जसका कारण डीएल प्रणालीमा सन्दीप आवद्ध टिम दुई रनले पराजित भयो ।
डीएल प्रणाली अनुसार हक्सले एक सय ९९ रनको नयाँ लक्ष्य पाएको थियो । जसमा हक्सले दुई सय एक रन बनाइसकेको थियो ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
३ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


