स्कुल बस र मोटरसाईकल ठोकियो एक गम्भिर घाईते ।

सुशील सुबेदी/स्याङजा :
स्याङजाको भिरकोट नगरपालिकामा स्थित बयरघारी बजारमा स्कुल बस र मोटरसाईकल एक आपसमा ठोकिँदा एक जना गम्भिर घाईते भएका छन् ।

बिहान १० बजे बालज्योती स्कुलको लु अ ब २२७५ नम्वरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ग १४ प ८४३३ नम्वरको मोटरसाईकल एक आपसमा ठोकिँदा मोटरसाईकल चालक आशीष मगर गम्भिर घाईते भएका हुन् ।

गम्भिर घाईते आशिष मगर भएपनि उनले बोकेको लाईसेन्समा नाम धन बहादुर मगर भएको ट्राफिक प्रहरी पोष्ट भीरकोटका टेक व बागले जानकारी दिनुभयो । घाईते र लाईसेन्स बहाक एकै हुन या होईनन् भन्ने बिषय अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल पछाडी सबार १६ बर्षीय बिशाल थापा समेत घाईते भएको ट्राफिक प्रहरीले बताएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…