विश्वहिन्दु महासंघ वालिङ नगरपालिकाको अधिवेसन भदौ २१ मा ।
आँधीखोला खवर/वालिङ :
विश्वहिन्दु महासंघ वालिङ नगरपालिकाको अधिवेशन आगामी भदौ २१ मा हुने भएको छ । विश्वहिन्दु महासंघ स्याङ्जा शाखाको वालिङमा बसेको बैठकले नगर भदौ २१ मा अधिवेशन गर्ने निर्णय गरेको हो ।

नगरअधिवेशनका लागि विभिन्न तयारी उपसमितिको समेत गठन गरिएको छ । जस अनुशार आर्थिक उपसमितिमा सरिता पौडेल, व्यवस्थापनमा थमनबहादुर अर्याल, अनुगमन तथा मुल्यांकनमा पदमप्रसाद पाण्डे, प्रचारप्रसारमा जोगराज पाठक, स्वयमसेवकमा दिक्षान्तप्रताप खांण, मञ्च व्यवस्थापनमा कविता भुषाल, आमा समुहमा नर्मता थापा, अतिथि सत्कारमा जैसरा रेग्मी, झाँकी व्यवस्थापनमा कृष्णप्रसाद श्रेष्ठ रहनुभएको छ ।
स्याङ्जाका ११ स्थानीयतह मध्ये वालिङबाटे अधिवेसनको शुरुवात गर्ने निर्णय गरिएको महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेले जानकारी दिनुभयो ।

सो अवसरमा महासंघका केन्द्रिय सदस्य नेत्रप्रसाद पराजुलीले आफ्नौ धर्म संस्कृतिको रक्षाको लागि जाग्नु पर्ने बेला आएको बताउनु भयो । उहाँले भन्नुभयो, “पछ्रिल्लो समय नेपालमा भित्रिएको विदेशी धर्म संस्कृतिले नेपाली मौलिकपनलाई संकटमा पारिदियो ।”
बैठक महासंघका जिल्ला अध्यक्ष हरिहर पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव पदमप्रसाद पाण्डेले र धन्यवाद उपाध्यक्ष जगदिश गैह्रेले गर्नुभएको थियो । यसैवीच बैठकले आचार्य बालकृष्णको शिघ्र स्वास्थ्य लाभको कामना गरेका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


