विश्वहिन्दु महासंघ वालिङ नगरको अधिवेशनको तयारी तिव्र ।
राधाकृष्ण डुम्रे/वालिङ :
विश्वहिन्दु महासंघ वालिङ नगरपालिकाको अधिवेशनको तयारी तिव्र पारिएको छ । आगामी भदौ २१ मा हुने अधिवेशनलाई ऐतिहासिक बनाउन तयारीलाई तिव्र पारिएको महासंघ स्याङ्जा शाखाका अध्यक्ष हरिहर पाण्डेले जानकारी दिनुभयो ।

अधिवशेशनका लागि महासंघले “बैदिक सनातन धर्म,संस्कार र संस्कृतिको संरक्षणमा उठौं, भाद्र २१ गते पतञ्जली योगपीठ वालिङ नगरीमा जुटौं” भन्ने अभियान समेत चलाएको छ । अभियान अन्तर्गत पतञ्जली योगपीठ वालिङमा तयारी भेला गरिएको छ । सो अवसरमा बोल्दै महासंघका केन्द्रिय सदस्य नेत्रप्रसाद पराजुलीले अधिवेशन बैदिक सनातन धर्मको संरक्षणमा सफल हुने विश्वास व्यक्त गर्नुभयो । अधिवेशनमा डाक्टर चिन्तामणी योगीको प्रमुख आतिथ्यता रहने भन्दै महासंघ स्याङ्जाका अध्यक्ष पाण्डेले सवैलाई सहभागी हुन आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षाविद मुक्ती प्रसाद सुवेदीले धर्म विना मानव जीवन अन्धकारमय हुने बताउनु भयो ।
कार्यक्रममा विश्वहिन्दु महासंघका पदाधिकारी, पतन्जली योगपीठ स्याङ्जाका सदस्यहरु,ओम शान्ती परिवार, नेवा खल परिवार,शिक्षक,राजनैतिक दलका नेताहरु,व्यापारी,पत्रकार लगायत आ—आफ्नो भेषभुषा सहित उपस्थित भएका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


