विद्यार्थीसँग मनाईन विद्यार्थी नेतृ बस्नेतले आफ्नो जन्मदिन ।
आँधीखोला खवर/वालिङ : बढ्दो आधुनिकतासँगै युवा पुस्तामा जन्मदिनलाई तडक भडक एवम् खर्चिलो गरी मनाउने क्रम बढीरहेका बेला यहाँकी एक विद्यार्थी नेतृले कलिला विद्यार्थी भाई बहिनीहरुसँग मनाउनुभएको छ । जन्मदिन हरेक ब्यक्तिको आउँछ तर मनाउने नमनाउने ब्यक्तिमै भर पर्ने कुरा हो भने मनाउँने तरिका पनि ब्यक्तिहरु अनुसार फरक फरक हुन्छ नै । आफ्नो जन्मदिनलाई फरक तरिकाले मनाउने मध्येकी विद्यार्थी नेतृ नेपाल विद्यार्थी संघबाट वालिङ बहुमुखी क्याम्पसमा स्ववियु सभापति पदमा उमेद्वार विदुषा बस्नेत हुनुहुन्छ ।

वालिङ ८ भीमटारी निवासी विद्यार्थी नेतृ बस्नेतले वालिङ ८ चिथाभञ्ज्याङमा अवस्थित भगवति आधारभूत विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेर मनाउनुभएको हो ।शैक्षिक सामग्री वितरण गर्दै नेतृ बस्नेतले उत्सब र रमाइलोको नाममा फजुल खर्च गर्न छोडी थोरै भए पनि विद्यार्थी भाई बहिनीहरुलाई शैक्षिक सामग्री वितरण गरेको बताउनुभयो । आत्मसन्तुष्टिका लागि आफुले जन्मदिन मनाउदा हुने खर्च विद्यार्थी भाईबहिनीहरुको शैक्षिक क्रियाकलापतर्फ उत्प्रेरणा जगाउने उद्धेश्यले खर्च गरेको उहाँको भनाई छ ।

शैक्षिक सामग्री वितरण समारोहमा नेपाल शिक्षक संघका क्षेत्रीय सभापति डण्डपानी पंगेनीले होटल तथा रेष्टुराँमा जन्मदिनका नाममा हुने फजुल खर्चलाई कटाएर कलिला भाई बहिनीको शैक्षिक क्रियाकलामा सहयोगस्वरुप शैक्षिक सामग्री वितरण गर्नु अनुकरणीय कार्य भएको बताउनुभयो ।शैक्षिक सामग्री वितरण कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला कोषाध्यक्ष ध्रुब पंगेनी, नेविसंघ वालिङ नगर सभापति दिक्षान्तप्रताप खाँण, विद्यार्थी नेता कमल कुँवर, सन्देश लम्साल, मनिसा लामिछाने लगायतले आगामी दिनमा पनि यसरी नै सामाजिक भावनाले सेवाका कामहरुलाई अगाडि बढाउन शुभकामना दिएका थिए ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


