बालमैत्री नगरका लागि भिरकोट ५ को अभियान ।

आँधीखोला खवर/भीरकोट : वालमैत्री स्थानीय शासनका लागि भिरकोट नगरपालिकाका वडा कार्यालयहरु सक्रिय बन्दै गइरहेका छन् । भिरकोट नगरपालिका वडा नं ५ ले बालमैत्री स्थानीय शासन अभिमुखिकरण तथा सामाजिक सुरक्षा भत्ता नविकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बालमैत्री नगरपालिका घोषणाका लागि वडा स्तरीय सरोकारवाला विच साझा धारणा बनाउने प्रयास गरिएको छ ।

कार्यक्रममा वोल्दै भिरकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणले बालमैत्री समाजका लागि सामुहिक पहलको खाँचो रहेको भन्दै सरोकारवाला सम्पूर्णलाई कार्यक्रमलाई सहयोग गर्न आग्रह गरेका थिए । बालवालिका भविश्यका कर्णधार हुन उनीहरुको संरक्षण राज्यको दायित्व भएकोले भिरकोट नगरपालिकाले नीतिगत निर्णय गरेर बालमैत्री नगरपालिका घोषणा गर्न लागिएको जानकारी समेत गराएका थिए ।

कार्यक्रममा बास्कुुटी प्रगतिशिल टोल विकास समिती, राजेन्द्र भवानी टोल विकास समिती, राजेन्द्र भवानी माध्यमिक विद्यालय र शिर्जनशील टोल विकास समिती को सहभागिता रहेको थियो । वडा अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाड सदस्य कृष्ण थापा, मिना खाँण, टोल समिती अध्यक्ष भिमप्रसाद पंगेनी, खुमवहादुर थापा, डम्मर अर्याल, विद्यालयका प्रअ गिरी प्रसाद शर्मा लगायतले मन्तव्य राखेका थिए । बालमैत्रीको वारेमा नारायण प्रसाद अर्यालले सहजीकरण गरेका थिए ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…