आचार्य बालकृष्णको जन्मोत्सवमा स्याङ्जामा रक्तदान ।

आँधीखोला खवर/वालिङ :
ऋषिकल्प आयुर्वेद शिरोमणि आचार्यश्री बालकृष्ण जी महाराजको जन्मोत्सवको अबसरमा वालिङमा रक्तदान कार्यक्रम गरिएको छ । पतञ्जली योग समिति स्याङ्जाको आयोजनामा रक्तदान गरिएको हो । कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन् । जसमा ८ जना महिला रहेकाछन् ।

कार्यक्रमको उद्दघाटन गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले आचार्य बालकृष्णले मानव कल्याणको लागि पुर्याउनु भएको योगदान सह्रानिय रहेको बताउनु भयो । पतञ्जली योग समितिका केन्द्रीय सदस्य रघुपती लम्सालले आचार्य बालकृष्णको जीवनका बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै वालिङका अध्यक्ष विष्णु प्रताप खाँणले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।
पतञ्जली योग समिति स्याङ्जाका अध्यक्ष नारायण प्रसाद तिवारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन जिल्ला उपसचिव गिरमान् गुरुङले गर्नु भएको थियो ।




समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…