दुबइबाट फर्किएर गाउँमै बाख्रा पालन ।
प्रकाश डोटेल/ स्याङ्जा :
पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर व्यवासायीक कृषि पेशामा आबद्ध हुनेको संख्या बढ्दै गएको छ । स्याङ्जाको भीरकोट नगरपालिका ३ रानीडाँडाका ४० वर्षीय केशरजंग अधिकारी अहिले त्यहि संख्यामा पर्नुहुन्छ । ७ वर्ष दुबईमा पसिना बगाएर फर्किएका उहाँ अहिले नेपालमै रमाउनु भएको छ ।

विदेशमा बोटमै पैसा फल्छ भन्ने समाजमा स्वदेश फर्किएर बाख्रापालनमा लाग्दा सुरुमा उनलाई मगज बिग्रिएको भन्नेहरु पनि भेटिए । पछि विस्तारै समाज सकारात्मक बन्दै गयो । “अहिले त फोनमा अर्डर आउँछ, विदेशमा भन्दा स्वदेशमा पैसा बचाएको छु, त्यो पनि परिवारसँग रमाएर ।” उहाँले भन्नुभयो ।
“दुबईमा हुँदा दुबो खुवाएर व्यावसायीक बाख्रापालन गरेको देखें ।” अधिकारीले भन्नुभयो, “खेर गएको दुबोको महत्व त्यहाँ बुझेपछि जन्मभूमीमै पसिना बगाउने अठोट गरेर स्वदेश फर्के ।” अधिकारीले आफ्नै गाउँमा २८ रोपनी जग्गा किनेर खोर निर्माण गरेर ०७१ सालमा लेकाली बाख्रा फार्म दर्ता गरि २५ वटा बाख्रा पाल्न शुरु गरे ।
बाख्रापालन गर्नुभन्दा पहिले घाँसको व्यवस्थापन गर्न सके निकै सजिलो हुने अनुभव उहाँले सुनाउनु भयो । ५० वटा बाख्रा पाल्दा वार्षिक ४ लाख कमाउन सकिने उहाँले बताउनु भयो । बाख्रा बाहेक वार्षिक रुपमा झण्डै ७० हजारको मल बिक्री गर्छन् अधिकारी । ५ रोपनी जग्गामा मण्डेला, नेपियर, भटमासे, लगायत जातको घाँस खेती पनि गरेका उहाँले ।
झोलामा फर्म बोकेर अनुदान प्राप्त गर्ने दिन अन्त्य भएको उहाँ बताउनु हुन्छ । उहाँले फर्म सञ्चालन गरेको ५ वर्षमा नै गण्डकी प्रदेश सरकारबाट २ लाख ५० हजार अनुदान प्राप्त गरेका छन् । जिल्ला घरेलु विकास कार्यालयबाट कम्बाइन मिल, बोका खरिदका लागि ५० हजार, चापकटर लगायतका सामाग्री अनुदानमा प्राप्त गर्दा उहाँ उत्साहित हुनुहुन्छ ।
‘नमुना बाख्रा गाउँ’ स्याङ्जाका सदस्यसमेत रहेका अधिकारी भननुहुन्छ्, “वैदेशिक रोजगारबाट फर्किएकालाई हरेक वर्ष प्राविधिक ज्ञान नमुना बाख्रा गाउँले प्रदान गर्दै आएको छ ।” वास्तविक कृषकले ज्ञान पाए भने झोले कृषक आफैं पाखा लाग्ने अधिकारी दाबी गर्नुभयो । जिल्ला हाल खसी बोका पाल्ने १ सय ३५ बढी फर्म दर्ता भएका छन् ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


