चाड पर्वलाई ध्यानमा राख्दै वालिङ उद्योग वाणिज्य संघले बजार अनुगमन गर्ने ।
आँधीखोला खवर/वालिङ :
वालिङ उद्योग वाणिज्य संघले चाडपर्व नजिकिदै गर्दा बजार अनुगमनलाई कडाइ गर्ने भएको छ । संघले आईतबारवाट बजार अनुगमन शुरु गर्ने तयारी गरेको संघका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।

व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्ने क्रममा व्यवसायिक मापदण्ड, आचार संहिता पालन गरे नगरेको तथा अज्ञानतावश भएका कमि कमजोरीलाई सुधार गरी बजारलाई स्वच्छ वनाउने उद्देश्य लिएको संघका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । अनुगमनमा व्यवसायीले आफ्नो व्यवशाय उद्योग वाणिज्य संघ, नगरपालिका, घरेलु तथा आन्तरिक राजश्व विभागमा दर्ता गरे नगरेको, म्याद गुज्रेका वस्तु, मूल्य सूचि, पान कार्ड, खरिद तथा विक्री खाता र विल—विजकको अवस्थाको वारेमा निरिक्षण गरिने संघले जनाएको छ ।
वालिङ नगरपालिकाका मुख्य पाँचवटा वजारलाई मध्यनजर गर्दे पाँचवटा नै उपसमिती गठन गरिएको छ । जस अनुसार बायँटारी, झोलुङ्गे, थानपाटा क्षेत्रमा अध्यक्ष शोभाकान्त पौडेलको संयोजकत्वमा इश्वरीप्रसाद गैह्रे, कविता भूसाल, टिकाराम लुईंटेल, तारा तिवारी, रुपा गुरुङलाई जिम्मेवारी तोकिएको छ ।
मिर्दि, शित्तलनगर, आँमडाली, जगत, केवरे क्षेत्रका लागि निवर्तमान अध्यक्ष पुण्यप्रसाद अर्यालको नेतृत्वमा खुमबहादुर थापा, रमेश अर्याल, सरिता पौडेल, नरेश केसी दुर्गा थापालाई जिम्मेवारी दिइएको छ ।
भकुण्डे, ठाडोलाईन, भूम्रे, क्याम्पस रोड, तल्लो वालिङका लागि वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालको संयोजकत्वमा, सदस्यहरुमा ताराप्रसाद श्रेष्ठ, सञ्जय श्रेष्ठ, सूर्य डुम्रे, मञ्जु केसी, राधा तिवारीलाई जिम्मेवारी दिइएको छ । रामबाच्छा, त्रियासी, खहरे, सिमलचौपारी, रत्नेका लागि संयोजक गिरमान गुरुङ, सदस्यहरुमा, पदमराज गुरुङ, चक्रबन्धु रेग्मी, सुरेन्द्र गुरुङ, मीना गुरुङ, सीता थापालाई जिम्मेवारी दिइएको संघले जनाएको छ ।
वालिङ बजार कटहरबोटदेखि जैसीपँधेरासम्म, नयाँबजार, केदारनाथमार्ग र डुम्रिकोटका लागि संघका सचिव ध्रुव खाँणको नेतृत्वमा अनुपमा तिवारी, गोविन्द तिवारी, युवराज आले, स्वाँ श्रेष्ठ, सावित्रा रेग्मी, सिर्जना दर्जी परियार लाई अनुगमनमा खटाउने निर्णय भएको संघका कार्यालय सचिव बावुराम रेग्मीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


