अस्ट्रेलिया-कार दुर्घटनाका चालक स्याङ्जाका भट्टराई विमानस्थलबाट पक्राउ (भिडियो सहित)
अस्ट्रेलिया : गत हप्ता कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएपछि भर्खरै अस्पतालबाट डिस्चार्ज भएका कार चालक सागर भट्टराईलाई नेपाल जाने क्रममा सिड्नी विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।
नेपाली विद्यार्थीहरूको एक समूह स्नोइ माउन्टेनमा हिउँ खेल्न जाने क्रममा कोमामा कार दुर्घटना हुँंदा दुई जनाको मृत्यु भएको थियो भने चालकसहित अन्य तीन जना घाइते भएका थिए। सो दुर्घटनामा परी स्याङ्जा वालिङ नगरपालिका १० की समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको मृत्यु भएको थियो।
क्यानबेरा अस्पतालमा उपचार गराइ डिस्चार्ज भएपछि उनी शुक्रबार राति परिवार भेट्न नेपाल जान खोजेका थिए। पक्राउ परेको सागरलाई हाल लापरबाहीका साथ गाडी ड्राइभिङ गरेको आरोपमा मस्कटस्थित प्रहरी चौकीमा राखिएको स्थानीय अखबारले जनाएको छ।
अस्ट्रेलियाका लागि नेपालका कार्यवाहक राजदूत द्रुपदा सापकोटाले दुर्घटना भएपछि उपचारकै क्रममा क्यानबेरामा भेट्दा सागरले ‘नेपाल जान्छु’ भनेको बताइन्।
‘सागर पक्राउ परेको अस्ट्रेलियन सञ्चार माध्यमबाट थाहा पाएँ,सम्बन्धित निकायलाई खबर गर्ने प्रयास भैरहेको छ, शनिबार र आइतबार बिदा हुनाले सोमबार हामी उनीहरूको विषयमा औपचारिक धारणा बुझ्ने प्रयासमा लाग्ने छौं’, सापकोटाले सेतोपाटीलाई भनिन्।
‘२२ वर्षीय गाडी चालक सागरलाई प्रहरीले के कारण पक्राउ परेको खुलिनसकेकोले राजदूतावासले यस विषयमा सम्बन्धित निकायमा पत्राचार गर्नेछौं, उनले थप भनिन्।
यहाँंको प्रचलित कानुन अनुसार लापरबाहीसँंग गाडी कुदाउनु पनि अपराध मानिन्छ र त्यसमाथि पनि दुई जनाको ज्यानै जाने गरी भएको दुर्घटनामा सागरमाथि छानबिन हुने देखिन्छ।
समाचारको भिडियो :
It was meant to be a weekend road trip to the snowfields but for a group of foreign students, the trip ended in tragedy two killed when their car careered off the road. The man behind the wheel has been arrested, as he was about to fly out of the country.
#9News | http://9News.com.au राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…Cooma Tragedy
समाचार
थप सामाग्री
अदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि