स्याङ्जा : विवादका कारण स्थगित फुटवल लिग सुचारु ।

प्रकाश डोटेल/स्याङ्जा :
अखिल नेपाल फुटवल संघ (एन्फा) स्याङ्जाको आयोजना र स्मृती युवा क्लवको समन्वयमा संचालित क्लव स्तरीय फुटवल लिग सुचारु हुने भएको छ । लिगमा दर्ता भएका फुटवल क्लवबीच कागजपत्रमा किचलो हुँदा लिग स्थगित भएको थियो ।

जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका १३ लामपाटा खेल मैदानमा भएको लिग अन्तिम चरणमा पुगेर स्थगित भएको थियो । क्लवबीच देखिएको विवाद एन्फा स्याङ्जाका अध्यक्ष मुक्त बहादुर रानाको सक्रियतामा अन्त्य भएको छ ।
“१३ क्लव सहभागि भएको लिगमा अब १ क्वाटरफाईल, २ सेमिफाईल र फाईनल खेल मात्रै बाँकी छ ।” अध्यक्ष रानाले भन्नुभयो, “साउन १२ देखि शुरु भएर स्थगित भएको लिग भदौं ८ देखि शुरु गरेर १० गते फाईनल खेलाउने गरी तयारी गरिएको छ ।”
क्लवबीच देखिएको विवादले फुटवल खेलाडीमा छाएको निरासा हटेर गएको संघमा पूर्व महासचिव प्रकाश रेग्मीले बताउनु भयो । अध्यक्षको सक्रियतामा विवादीत दुई क्लव सहमतिमा आएपछि लिग हुने भएपछि खेलाडीहरु उत्साहित भएको रेग्मीले जानकारी दिनुभयो ।
लिगको समापनमा अखिल नेपाल फुटल संघ (एन्फा) नेपालका केन्द्रिय अध्यक्ष कर्माछिरिङ् शेर्पा आउने हुनुभएको छ । पूर्व महासचिव रेग्मीका अनुसार संघले लिगमा प्रथम र द्धितीय हुने क्लवलाई नगद २५ हजार र १५ हजार दिने भएको छ, भने प्रथम हुने क्लव प्रदेश स्तरीय लिग खेल्न जान पाउनेछ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…